21 march 2072/11/08 ko rasi fal
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
![]() |
वि.सं. २०७२ साल चैत ८ गते। सोमबार। इश्वी सन् २०१६ मार्च २१ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३६ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– त्रयोदशी, १३:४६ बजेउप्रान्त चतुर्दशी।
नक्षत्र– मघा, १४:२७ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– धृति, ७:५६ बजेउप्रान्त शूल। करण– तैतिल, १३:४६ बजेदेखि गर, २६:२० बजेउप्रान्त वणिज। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:०९ बजे, सूर्यास्त– १८:१५ बजे र दिनमान ३० घडी १६ पला।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ। इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। सन्तान तथा अनुयायीका माध्यमबाट काम बन्ने देखिन्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बलजफ्ती गर्दा काममा रोकावट हुन सक्छ। सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। पारिवारिक असमझदारीले मन खिन्न हुनेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि फाइदाका लागि आफ्ना योजना गोप्य राख्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष बौद्धिक अभिव्यक्तिले मानसम्मान दिलाउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
पहिलेको सफलताले थप हौसला दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। आफूलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बलजफ्तीले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। आयस्रोत बढ्नेछ भने व्यापारमा पनि मनग्य लाभ हुनेछ। परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र प्रसन्नता मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा गर्दा धोका हुन सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अप्ठ्यारो परिस्थितिमा पनि शुभचिन्तकहरूको साथ रहनेछ। समस्या दर्साउँदा सहयोग जुट्न सक्छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आस मारेको काममा सफलताको रहस्य पत्ता लगाउन सकिनेछ। तर, सानोतिनो समस्याले अल्झाउन सक्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। चुनौती देखिए पनि धैर्यसाथ जुट्नुहोला, समाधान प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। समग्रमा दिन उत्साहपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बलजफ्ती गर्दा काममा नोक्सानी हुन सक्छ। धैर्यसाथ प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अधिकारका लागि संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले दुःख दिए पनि मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा होला। ईर्ष्या गर्नेहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ।
-नेपाली पात्रो
तल को बक्समा क्लिक गर्नुहोस
![]() |
21 march 2072/11/08 ko rasi fal
Reviewed by Guru
on
12:17 AM
Rating:


No comments: