Pathanakotale bifurcated mind Pokhara milaidiyo
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
![]() |
पठानकोटले फाटेको मन पोखराले मिलाइदियो सार्कका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजले आफ्नो भूमिमा भएको आतंकारी हमलाबारे प्रश्न उठाएपछि पाकिस्तान र भारतबीच यस्तो सहमति भएको हो ।
पाकिस्तानबाट आएका आतंककारीले ३१ डिसेम्बर २०१५ मा भएको पठानकोट हमलामा ७ भारतीय सुरक्षाकर्मी र ६ आक्रमणकारी मारिएका थिए ।
यो आक्रमणपछि भारतले रोष प्रकट गर्दै आफ्नो भूमिमा आतंककारी पालेको आरोप लगाएपछि यी दुई देशबीच चिसिएको सम्बन्ध पोखरामा आएर पुनः सुधार भएको हो ।
भारतीय विदेशमन्त्री स्वराज र पाकिस्तानी राष्ट्रिय सुृरक्षा सल्लाहकार सरताज अजिजबीच बिहीबार पोखराको ग्रान्ड होटलमा भएको वार्तापछि दुई देशबीच यही २८ तारिखबाट पठानकोट हमलाको संयुक्त छानबिन थाल्ने सहमति भएको हो ।
वार्तापछि बोल्दै दुबै देशका समकक्षीले पठानकोट हमलाको दुबै देशले मिलेर संयुक्त छानबिन गर्ने सहमति भएको पत्रकारहरुलाई जानकारी दिएका हुन् ।
वार्तापछि बोल्दै दुबै देशका समकक्षीले पठानकोट हमलाको दुबै देशले मिलेर संयुक्त छानबिन गर्ने सहमति भएको पत्रकारहरुलाई जानकारी दिएका हुन् ।
यो सहमतिपछि अब दुई देशका सुरक्षा अधिकारी मिलेर पठानकोट हमलाको छानबिन गर्ने भएका छन् । भारतले यसअघि पाकिस्तानी भूमिबाट आएका आतंककारीबारे सूचना दिन पाकिस्तानलाई आग्रह गर्दै आएको थियो ।
मंसिरमा नेपालमा भएको सार्क शिखर सम्मेलनमा हात मिलाएका यी दुई देशबीच भारतको पञ्जावस्थित पठानकोठको सैन्य बेसमा पाकिस्तानबाट आएका आतंककारीले ३१ डिसेम्बर २०१५ मा हमला गरेपछि पुनः तिक्तता चुलिएको थियो ।
यसअघि मंसिरमा भएको १८ औं सार्क सम्मेलनमा आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले लामो तिक्तता तोड्दै हात मिलाएर कुराकानी गरेका थिए ।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/45612#sthash.0Ct6aghg.dpuf
तल को बक्समा क्लिक गर्नुहोस
![]() |
Pathanakotale bifurcated mind Pokhara milaidiyo
Reviewed by Guru
on
6:57 AM
Rating:


No comments: