bastusastra aanusar palang rakhda yi kuraharu ma sadhai khyal rakhnu hola
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
घरमा पलङ केवल सुत्ने बस्तुकोरुपमा बुझ्न नहुने बास्त्रु शास्त्रीहरु बताउँछन् । पलङले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने भएका कारण यसलाई राख्दा देखि अन्य प्रयोगमा पनि ख्याल गर्नु पर्ने बास्तुबिदहरुको भनाइ छ ।
घरको गलत दिशामा पलङ राखेमा मान्छेलाई निद्रा नलाग्ने देखि तनाव हुने सम्मका समस्या हुने समेत बास्तु शास्त्रमा उल्लेख छ । यसरी गलत दिशामा राखिएको पलङमा सुत्दा दाम्पत्य जीवनमा समेत नकारात्मक असर पर्ने बताइन्छ ।
कहाँ राख्ने पलङ
कोठामा ढोकाको नजिक पलङ राख्नु हुँदैन । ढोकाको नजिक पलङ राख्दा यसबाट बास्तु दोष उत्पन्न हुने समस्या हुन्छ । यस्तो पलङमा सुत्दा निद्रा नलाग्ने र मानसिक तनावको समेत समस्या हुन सक्छ ।
पलङको अगाडी पर्ने गरी ऐना नराख्नुस्
सुत्ने पलङको अगाडी पर्ने गरी ऐना राख्नु बास्तुको दृष्टीले राम्रो मानिँदैन । ऐनाले पलङको प्रतिविम्ब दिनु झनै नराम्रो मानिन्छ । यसले परिवारमा अशान्ति हुने बास्तुविदको भनाइ छ ।
पलङको उचाइ
पलङ अति होंचो वा अति अग्लो हुनु बास्तुको दृष्टीले राम्रो मानिँदैन । पलङको तलपट्टी उर्जा जम्मा हुने र उक्त उर्जा शरीरमा फैलिने भएका कारण पलङको उचाइमा ध्यान दिनु पर्छ । पलङको तल सामान राख्नु खराव मानिन्छ ।
शिरानी भित्तो पट्टी हुनु राम्रो
सुत्ने ओच्छ्यानमा शिरानी भित्ता पट्टी हुनु राम्रो मानिन्छ । यसले सुत्ने मानिसलाई सकारात्मक उर्जा प्रदान गर्छ । शिरान भएको साइडमा झ्याल भएमा त्यसबाट सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा जम्मा हुने मानिन्छ ।
पलङको आसपास यी चिज नराख्नुस्
मानिसहरु सुत्ने पलङ नजिकै टिभी, फ्रिज, कम्प्यूटर आदि इलेक्ट्रानिक सामान राख्छन् । जुन घातक मानिन्छ । यस्ता समाग्रीले नकारात्मक उर्जा उत्पादन गर्ने भएका कारण सुत्ने पलङको नजिक राख्नु हुँदैन । त्यस्तै गरी सुत्ने कोठामा पानीका तस्विर पनि नभएको राम्रो मानिन्छ ।
तल को बक्समा क्लिक गर्नुहोस
bastusastra aanusar palang rakhda yi kuraharu ma sadhai khyal rakhnu hola
Reviewed by Guru
on
10:09 AM
Rating:
No comments: