chgaina le nepallai parwahan subidha diyo.

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


चैत्र ८, २०७२- चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपालको विकास र स्थायीत्वमा चीनले सधैं साथ दिने बताएका छन् ।
प्रधानमन्त्री खछ्याङले नेपालका विकासका लागि आवश्यक पर्ने जुनसुकै खालको सहयोग गर्न चीन पछि नहट्ने सन्देश दिएका छन । चीन भ्रमणमा रहेको प्रधानमन्त्री केपी ओलीसँगको दुईपक्षीय भेटवार्तामा उनले सो कुरा बताएका हुन् । नेपालको पछिल्लो राजनीतिक अवस्था, विकास प्रक्रिया र दुईपक्षीय सम्बन्धको विषयमा छलफल पछि दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा पारवाहन तथा यातायता सुविधा लगायत विभिन्न दश सम्झौता र सहमतिमा हस्ताक्षर भएको छ ।
उत्तरी छिमेकी चीनको ग्वाङचाओस्थित बन्दरगाहबाट तिब्बतको स्वाशित क्षेत्र हुँदै नेपालले सामान आयात निर्यात गर्न पाउने ढोका खुलेको छ । प्रधानमन्त्री केपी ओलीको चीनको औपचारिक भ्रमणको क्रममा बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा ओली र चिनियाँ समकक्षी ली खछ्याङको उस्थितिमा पारवाहन सुविधा लगायत १० विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको हो ।
पारवहन तथा यातायात सम्झौताको हस्ताक्षरले भारततर्फको समुद्री मार्ग उपयोगको एकाधिकार तोडिएको छ । यद्यपी नेपालले चीनसँग उक्त सम्झौता गर्न पाउने अधिकार हो । भुपरिवेष्ठित मुलुकले माग गरेको खण्डमा नजिकको पोर्ट उपयोग गर्न कुनै पनि छिमेकीले रोक्न सक्दैन । सम्झौतापछि नेपालले अब चीनको गोङचाओस्थित बन्दरगाहबाट तिब्बतको स्वशासित क्षेत्र हुँदै समुद्रीमार्गबाट सामान आयात–निर्यात गर्न सक्ने छ  । अहिले सम्झौतामा हस्ताक्षर भए पनि कार्यशैलि र उपयोगको मोडल तय भएपछि मात्र लागू हुनेछ ।
निकै आश गरिएको बहुप्रतिक्षित इन्धन आयात सम्बन्धी सम्झौतामा भने हस्ताक्षर हुन सकेन । इन्धन सम्झौतामा  हस्ताक्षर भएको भए इन्धनको एक तर्फी निर्भरता कम हुने थियो । निकै बहसमा आएको उक्त विषयमा नेपाल सरकार नै पछि हटेपछि सम्झौता हुन नसकेको परराष्ट्र स्रोतले बतायो ।
भारतीय नाकाबन्दीको समयमा चीनले नेपाललाई इन्धन उपलब्ध गराउन सक्छ भन्ने सन्देश दिनको लागि १३ लाख लिटर इन्धन सहयोग स्वरुप उपलब्ध गराएर व्यवसायीक डिल गर्न खोजेको थियो । तर, नेपाल सरकार आँफै पछि हटेको कारण यो निर्णय हुन सकेन ।
सोमबार बिहान दुई देशका प्रधानमन्त्रीबीच दुईपक्षीय हितको विषयमा छलफलपछि उनीहरुको उपस्थितीमा पारवहन लगायतका महत्वपूर्ण विषयमा सम्झौता भएको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ती जारि गरि जनाएको छ । चीनको ग्वाङचाओमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्ने सम्बन्धी समझदारी भएको छ । दुई वर्ष अघि नै चीनसँग सहमति नै नलिई नेपालले ग्वाङचााओमा महावाणिज्य दूतावास स्थापान गर्ने निर्णय गरेर दरबन्दी समेत तय गरेको थियो । तर चीनले सहमति नदिएपछि दरबन्दीलाई बेइजिङस्थित दूतावासमा सारिएको थियो । त्यसपछी सरकाले छेन्दुमा महावाणिज्य दूतावास खोल्ने निर्णय लिएको थियो । अहिले पारवाहन तथा यातायात सहमति पछि नेपालले पुन: ग्वाङचाओमा महावाणिज्य दूतावास स्थापना गर्ने भएको हो । त्यसलाई सहजिकरण गर्न पनि त्यो महावाणिज्य दूतवास आवश्यकता पर्छ । यद्यपी छेन्दुमा भने अझै त्यसप्रकारको महावाणिज्य दूतावास आवश्यक भइसकेको छैन ।
अन्यमुलुकले तिब्बतमा महावाणिज्य दूतवाास स्थापन गर्न नपाएपछि तिब्बत नजिक छेन्दुमा खोलेका हुन् । नेपालको भने पहिल्यै तिब्बतको ल्हासामा दूतावास रहेको छ ।
चीनले आर्थिक कारोबारलाई प्रभावकारी बनाउन नेपालमा चिनियाा बैंकको शाखा खोल्नुका साथै चीनमा पनि नेपाल बैंकका शाखा खोलिने सहमति पनि भएको छ । ग्यास तथा पेट्रोलको अन्वेषण सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । चीनले नेपालका ३२ हजार घरमा सोलार प्यानल अनुदान दिने भएको छ । सीमा जोडीएका क्षेत्रको भूकम्पपीडितका लागि उक्त सोलार प्यानल उपलब्ध गराउन लागेको हो ।
पोखरा विमानस्थलको निर्माणका लागि आवश्यक ऋण सहयोगमा पनि नेपाल र चीनबीच सम्झौता भएको छ । यसअघि नै चीनले दिन भनिसकेको उक्त सहयोग बिना ब्याज उपलब्ध गराउन लागेको हो । उक्त सम्झौता अनुसार पोखरा विमानस्थल निर्माणका लागि चाहिने रकम चीनले बिना व्याज नेपाललाई ऋण सहयोग उपलब्ध गराउने छ ।  हुम्लाको हिल्सा यारी (तिब्बत) जोड्ने नाकालाई केरुङ पछिको प्राथमिकतामा राख्दै त्यसको विकासको लागि त्यहाँ चीनले पुल बनाइदिने भएको छ ।
यसैगरी नेपाल र चीनबीच विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य अघि बढाउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र चिनिया एकडेमिक साइन्सेजबीच पनि सहकार्यका लागि पनि सम्झौता भएको छ । चीनका विभिन्न सहर र नेपालका काठमाडौं, पोखरा लगायतका सहरसँग भगिनी सम्बन्ध स्थापनाका लागि पनि दुई देशबीच सहमति भएको छ
- See more
Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
chgaina le nepallai parwahan subidha diyo.  chgaina le nepallai parwahan subidha diyo. Reviewed by Guru on 3:28 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.