Whitened clay -star hotel left are living in the old house tonight habitat British Prince Harry

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


८  चैत्र  - आँगनमा दाउराको खलियो । ढुंगा र माटोले बनेको २ तले घर । छानो टिनको । बाहिर बौद्ध धर्मावलम्बीको झन्डा (लुङार) पनि फहराइएको छ । परम्परागत गाउँले पाराको घर । यही घरमा बेलायती राजकुमार ह्यारीले सोमबारको रात बिताउँदै छन्।

जिल्लाको पूर्वी भेगमा पर्ने गौंडा ७, लेउरानीमा ह्यारीको बास हुने छ । भूकम्पबाट अति प्रभावित जिल्लाको ६ गाविसमध्ये गौंडा पनि एक हो। तारे होटल छाडेर यही ठाउँमा एक रात काट्न ह्यारी स्वयंले रोजेका हुन् । बास बस्नुअघि ह्यारीले ट्रेकिङ गर्नेछन् । भूकम्पपीडित भेट्नेछन् । सूर्यास्त हेर्नेछन् । साँझ स्थानीय संस्कृतिमा रमाउनेछन्।

आफ्नै घरमा राजकुमार आउने भएपछि ८७ वर्षीया मंगली तामाङ मख्ख छिन् । राजकुमार आउने भनेपछि लेउरानीका आमाहरूले गाउँको सरसफाइ गरेका छन् । मंगलीसहितका आमाहरू आइतबारदेखि नै मौलिक पोसाकमा सजिएर राजकुमार पर्खिरहेका छन् । ’नामै नसुनेको मान्छे आउने रे । राजाजस्तै हो भन्छन्,’ ढोकाबाट नियाल्दै मंगलीले भनिन्, ’कस्तो रहेछ, हेर्न मन छ ।’ उनका पति गम्दु बेलायती सेनाका सेवानिवृत्त हुन् ।

’३० वर्षअघि बुढाले छोड्यो । बुढाले लडाइँ लडेको ठाउँको ठूलो मान्छे भन्छन्,’ अनभिज्ञता व्यक्त गर्दै उनले भनिन्, ’यहाँ आएपछि मेरो कुरा राख्ने ठूलो धोको छ ।’ गाउँमा बेलायती सेनाका सुरक्षाकर्मी तैनाथ छन् । प्रमुख जिल्ला अधिकारी मोहन जीसीले जिल्ला सुरक्षा समितिको बैठक बसेर राजकुमारको सुरक्षाका लागि सतर्कता अपनाएको बताए।

गोर्खा वेलफेयर स्किम को लमजुङस्थित एरिया वेलफेयर अफिसर क्याप्टेन बालकृष्ण गुरुङका अनुसार ह्यारी बस्ने घर मंगलीको ठूलो छोरा डिलबहादुरको साइँलो छोरा मेनबहादुरको हो । मंगली त्यही छेउको एकतले झुपडीमा बस्छिन् । आँगन एउटै छ । ८ छोरामध्ये उनी अहिले जन्तरे छोरा क्षेत्रबहादुरसँग बस्छिन् । ’टीभीमा देखेका राजकुमारलाई यहाँ कतिखेर हेरूँ भइसक्यो,’ अन्नपूर्ण आमा समूहकी अध्यक्ष विलमाया तामाङले भनिन्।

क्याप्टेन गुरुङका अनुसार राजकुमार ह्यारी नेपाली सेनाको हेलिकप्टरबाट सोमबार दिउँसो पौने ३ बजे गौंडा ४ भीरकुनामा ओर्लिनेछन् । उनले पूर्वगोर्खा सैनिकको निर्माणाधीन घर हेर्नुका साथै परिवारसँग भेटघाट गरी लेउरानीसम्म सवा १ घण्टाको बाटामा ट्रेकिङ गर्नेछन् । त्यसपछि साँझ लेउरानी डाँडाबाट सूर्यास्तको दृश्य हेरेपछि तामाङ र गुरुङ समुदायका सांस्कृतिक कार्यक्रममा रमाउने छन् । राजकुमारको बास बस्ने घर बालकृष्णले नै सिफारिस गरेका हुन्।

मंगलबार बिहान सूर्योदय हेरेपछि गौंडा १, ओखरीमा भूकम्पबाट क्षतिग्रस्त भएपछि जीडब्ल्यूएसद्वारा निर्माणाधीन १० कोठे गौंडा मावि अवलोकन गर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले विद्यार्थीसँग भलिबल खेल्नेछन् । उनी विद्यार्थीसँगै होली पनि खेल्नेछन् । त्यसपछि पुनस् भीरकुनासम्म ट्रेकिङ गरेर फर्कनेछन्। शब्द तस्वीर साभार कान्तिपुर - See more
Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
Whitened clay -star hotel left are living in the old house tonight habitat British Prince Harry Whitened clay -star hotel left are living in the old house tonight habitat British Prince Harry Reviewed by Guru on 10:40 PM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.