achanak aayo chaina ko naya prastab nepal le sochnai nasake ko mantri out ..
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
आइतबार, ७ चैत
काठमाडौ । प्रधानमन्त्री केपी ओली चीनको सात दिने औपचारिक भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नै लागेका बेला काठमाडौंमा चीनको नयाँ प्रस्तावको चर्चा सुरु भएको छ ।
चीन भ्रमणका क्रममा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको थियो, तर, चीनसँगको उक्त सम्झौता भारतीय दवावका कारण लगभग नहुने पक्का पक्की भएको छ । नेपालले कुल खपतको ३३ प्रतिशत प्रशोधित इन्धन आयात गर्नेगरि सम्झौताको तयारी गरेको थियो । तर, अन्तिममा भ्रमण टोलिबाट आपुर्ति मन्त्री गणेशमान पुन नै आउट भएपछि सम्झौता नहुने पक्का पक्की भएको छ ।
यद्यपी चीनले पाइपलाईन मार्फत् कच्चा तेल निर्यात गरिदिने र प्रशोधन केन्द्र निर्माणमा सघाउने प्रस्ताव राखेको थियो । चीनलाई पनि भारतले इन्धन सम्झौता नगर्न दवाव दिएका कारण नयाँ प्रस्ताव गरेको बताइएको छ ।
तर, सरकारले यस बारेमा कुनै तयारी गरेको छैन । यदि यस्तो तेल ल्याउने हो भने र प्रशोधन केन्द्र बनाउन पनि उसैले सहयोग गर्ने भएको खण्डमा इन्धन सहज हुने छ ।
तर, आपुर्ति मन्त्री नै नजाने भएपछि उक्त सम्झौता नै नहुने पक्का भैसकेको अवस्थामा चीनको यो प्रस्तावको कुनै बहस हुने छैन ।
चारपटकसम्म चीन पुगेका आयल निगमका उच्च अधिकारीहरु पनि चीनको नयाँ प्रस्तावले अचम्मीत भएका छन् भने यसको सम्भावनाको खोजी समेत गरिरहेका छन् । कतीपयले चीनबाट यसरी इन्धन ल्याउँदा भारतको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने बताइरहेका छन् । तर, प्रधानमन्त्री ओली भने मौन छन् ।
तल को बक्समा क्लिक गर्नुहोस
achanak aayo chaina ko naya prastab nepal le sochnai nasake ko mantri out ..
Reviewed by Guru
on
3:17 AM
Rating:
No comments: