Additional US sanctions against North Korea
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
उत्तर कोरियाका विरुद्धमा संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दीपछि उत्तर कोरिया विश्व समुदायबाट लगभग एक्लिएको छ । तर पनि उसका विरुद्धमा विश्वका विभिन्न देशले नाकाबन्दी थपिरहेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको सूचना जारी गर्नुभएको ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकाले गरेको यो पछिल्लो नाकाबन्दीबाट उत्तरका विरुद्धमा आर्थिक मुद्दाहरु कमजोर हुने भएका छन् । उत्तर कोरियाको प्रमुख सत्तारुढ दल र यसका सदस्यहरुको सम्पत्तिलाई यस नाकाबन्दीले असर पार्ने छ ।
गत दुई हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले पनि उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको छ ।
यस नाकाबन्दी पछि अमेरिका र दक्षिण कोरियाले सोलमा गरेको सैनिक अभ्यासपछि उत्तर कोरियाले प्रतिक्रिया वासिङ्टन, संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गरेको छ ।
गत महिना मात्र गरेको लामो दूरीको रकेट परीक्षण र त्यसपछिको अमेरिका विरोधी प्रतिक्रियास्वरुप यसअघि पनि अमेरिकाले उत्तरका विरुद्धमा नाकाबन्दीको घोषणा गरेको थियो ।दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको थियो ।
लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् ।
दक्षिण कोरियाको राजधानी सोलमा गतहप्तामात्र भएको उक्त संयुक्त सैन्य अभ्यासले पछिल्लो समयमा तनावमा रहेको यस देशलाई थप भड्काएको बताइन्छ ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको सो रकेट परीक्षणका विरुद्धमा हालैका दिनमा विश्वव्यापी रूपमा विरोध भएको छ । सोही विरोधस्वरूप संयुक्त राष्ट्रसङ्घले पनि नाकाबन्दीको घोषणा गरेको हो ।
सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोेरियाले त्यसको व्यापक मात्रामा विरोध गरेको छ ।
ह्वाइटहाउसले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– यो उत्तर कोरियाका विरुद्धको नाकाबन्दी आर्थिक नाकाबन्दी हो र गत फेब्रुअरी ६ मा उत्तर कोरियाले गरेको रकेट प्रक्षेपणको विरोधमा यो लगाइएको हो ।
यो पछिल्लो नाकाबन्दीले उत्तर कोरियाको उर्जा, खानी क्षेत्र एवम् वित्तीय क्षेत्रमा पनि नकारात्मक असर पार्ने बताइएको छ ।
यसले उत्तर कोरियाको कम्युनिष्ट पार्टीका नेताहरुको व्यक्तिगत सम्पत्तिमा पनि असर पार्नेछ । यो पछिल्लो अमेरिकी कदमपछि भने उत्तर कोरियाको कुनै प्रतिक्रिया आएको छैन । रासस
तल को बक्समा क्लिक गर्नुहोस
Additional US sanctions against North Korea
Reviewed by Guru
on
6:45 AM
Rating:
No comments: