These are the most happy countries in the world ( growers )
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
विश्वको सबैभन्दा खुसी डेनमार्क हो। सन् २०१६ विश्वकै खुसी देशको सूची सार्वजनिक भएको छ जसमा डेनमार्क नम्बर एक स्थानमा परेको छ।
गत वर्ष नम्बर एकमा परेको स्विट्जरल्याण्डलाई पछि पार्दै डेनमार्कले यो वर्ष सबैभन्दा खुसी देशको उपाधि जितेको हो।
यूएन अन्तरर्गतको ‘सस्टेनएबल डेभ्लपमेन्ट सोलुसन्स् नेटवर्क’ ले १५७ देशको अनुसन्धानका आधारमा रोममा हिजो बुधबार ‘वल्र्ड ह्यापिनेस रिपोर्ट अपडेट २०१६’ सार्वजनिक गरेको हो।
डेनमार्कले यो उपाधि चारमध्ये तीनपटक जितिसकेको छ। रिपोर्टका अनुसार नेपाल खुसी देशको सूचीको १ सय ७ औँ स्थानमा परेको छ।
त्यस्तै, ११ औँ स्थानमा इजरायल, १२ औँमा अस्ट्रिया, १३ औँमा अमेरिका परेको छ भने जर्मनी १६ औँमा, बेलायत २३, जापान ५३, चीन ८३, पाकिस्तान ९२, बंगलादेश ११०, श्रीलंका ११७ र भारत ११८ औँ स्थानमा परेका छन्।
सबैभन्दा कम खुसी देशमा बुरुण्डी हो जो अन्तिम १५७ औँ स्थानमा परेको छ। त्यस्तै १५६ मा सिरिया, १५५ मा टोगो, १५४औं मा अफगानिस्तान र १५३ मा बेनिन परेका छन्।
सबैभन्दा खुसी १० देश यी हुन्ः
१. डेनमार्क
२. स्विट्जरल्याण्ड
३.आइसल्याण्ड
४. नर्वे
५. फिनल्याण्ड
६. क्यानडा
७.नेदरल्याण्ड
८.न्यूजिल्याण्ड
९.अस्ट्रेलिया
१०. स्विडेन
तल को बक्समा क्लिक गर्नुहोस
These are the most happy countries in the world ( growers )
Reviewed by Guru
on
6:32 AM
Rating:
No comments: