यसै वर्ष पृथ्वी ध्वस्त हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यस्तो दाबी ! (भिडियो सहित)
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
पृथ्वी ध्वस्त हुने बारेको वैज्ञानिक भविष्यवाणी र्सार्वजनिक भएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार सन् २८८० को मार्च १६ का दिन पृथ्वीमा ठूलो प्रलय हुने खतरा छ । उसका अनुसार उक्त दिन १९५०
डीए नामको क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने खतरा छ । झण्डै एक माइल ब्यास भएको उक्त क्षुद्रग्रह १५ किलोमिटर प्रति सेकेण्डको बेगमा पृथ्वीतर्फआइरहेको छ । सोही गति तथा दिशा कायम रहेमा यो क्षुद्रग्रह उक्त मितिमा पृथ्वीसँग ठोक्किनेछ र त्यस क्रममा ४४ हजार ८ सय मेगाटन टिएनटी नामक विस्फोटक पदार्थ विस्फोटन हुँदा जत्तिकै उर्जा उत्पन्न हुनेछ । नासका अनुसार यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने र क्षति पूराउने खतरा ०।३ प्रतिशत मात्र छ । तथापि यसको यो खतराको अनुपात यसअघिका क्षुद्रग्रहको खतरा भन्दा ५० प्रतिशत बढि हो । स्मरण रहोस् यस्तै खाले क्षुद्रग्रह पृथ्वीसँग ठोक्किँदा ६ करोड ५० लाख वर्षपहिले पृथ्वीबाट डाइनोसर लोप भएको थियो । पृथ्वीमा भविष्यमा ठोक्किने खतरा रहेको भनिएको १९५० डिए क्षुद्रग्रह सन् १९५० मा पहिलोपल्ट देखा परेको थियो । त्यसबेला १७ दिन देखा परेर क्षुद्रग्रह हराएको थियो र आधा शताब्दीपछि सन् २००० को डिसेम्बर ३१ मा फेरि देखा परेको थियो । यो क्षुद्रग्रहको परिक्रमण दर २।१ घण्टा रहेको छ जुन क्षुद्रग्रहमा दोश्रो उच्च गति हो । वैज्ञानिकहरुका अनुसार अहिले ब्रम्हाण्डमा १४ सय वटा यस्ता जोखिमपर्ूण क्षुद्रग्रह छन् जसले पृथ्वीमा असर पूराउने खतरा छ । – एजेन्सि
तल को बक्समा क्लिक गर्नुहोस
यसै वर्ष पृथ्वी ध्वस्त हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यस्तो दाबी ! (भिडियो सहित)
Reviewed by Guru
on
2:02 AM
Rating:
No comments: