chaina samjauta garelagatai dakhinbata aayo kada jhadka
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
चीनसँग सम्झौता गरेलगत्तै दक्षिणबाट आयो कडा चेतावनी ! सरकारको आयु तोकियो
काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा नेपाल र चीनबीच १० वटा महत्वपूर्ण सम्झौता भएपछि दक्षिणबाट कडा चेतावनी आएको छ ।
उसले ओली सरकारको आयु समेत तोकिदिएको छ । यो सन्देश नेपालको दक्षिण तराईस्थित वीरगञ्जमा केन्द्रीय कार्यालय हिन्दू युवा जनशक्ति संघ नेपालबाट आएको हो ।
हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर
हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर
हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर
हिन्दू राष्ट्रको पक्षमा वकालत गरिरहको संघका अध्यक्ष विकास ठाकुरले सोमबार विज्ञप्ति जारी गरी चीनसँग महत्वपूर्ण सम्झौता गरेर ओली सरकारले भारतलाई चिढ्याएको दाबी गरेका छन् ।
‘मधेश आन्दोलनको कारणले बिग्रिएको नेपाल-भारत समबन्धलाई सुर्धानुको साटो केपी ओली नेतृत्वको सरकारले भारतलाई चिढाएर चीनसंग केही महत्वपूर्ण सम्झौता गरेका छन्,’ भारत र मधेसवादी दल नजिक भनेर चिनिने ठाकुरले विज्ञप्तिमा भनेका छन्– ‘मधेशको जायज माग सम्बोधन गर्न नसक्नु, वर्षौदेखीको नेपाल-भारत समबन्ध बिग्रिएपछि सुधार्न नसक्नु र भारतको बिकल्प खोजेर आफूलाई राम्रो साबित गर्न प्रयास गर्ने ओली सरकार नपुंसक सरकार हो । नपुंसकहरुले देशलाई कहिल्यै निकाश दिन सक्दैन ।’
उनले नपुंसकहरुले देशलाई समृद्ध बनाउन सक्दैन भन्दै ओली सरकारको बिकल्प खोज्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले भनेका छन्– ‘म बिश्वस्त छु कि ओली सरकारको आयु अब बढीमा एक महिनाको हुनेछ ।
- See more
तल को बक्समा क्लिक गर्नुहोस
chaina samjauta garelagatai dakhinbata aayo kada jhadka
Reviewed by Guru
on
4:26 AM
Rating:
No comments: