Food Corporation depot health workers
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
धनगढी / सुदूरपश्चिमका नेपाल खाद्य संस्थानका बिक्री डिपोमा कर्मचारीविहीन हुँदै गएपछि खाद्यान्न बिक्री वितरण प्रभावित भएको छ । कर्मचारी नहुँदा कतिपय क्षेत्रमा कार्यालय सहयोगीले प्रमुखको काम गर्नुपरेको खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढीका प्रमुख डिल्लीराज लम्सालले बताउनुभयो ।
बिक्री डिपो कर्मचारीविहीन भएसँगै खाद्यान्न ढुवानीको ठेक्का पाउने ठेकेदारमार्फत नै खाद्यान्नको बिक्री वितरण गर्नुपर्ने वाध्यता बताइएको छ । खाद्यान्न बिक्री वितरणको काम सम्बन्धित क्षेत्रको गाविस सचिव, प्रहरी निकाय र राजनीतिक दलका प्रतिनिधिको रोहवरमा हुने गरेको छ । खाद्य संस्थानको सेती अञ्चल कार्यालयमा अधिकृत स्तरको १०, सहायक स्तरको ५० र श्रेणीविहीन ५० कर्मचारीको दरबन्दी रहेकोमा हाल ३० जना मात्रै कार्यरत रहेको लम्सालले बताउनुभयो ।
संस्थानमा कार्यरत अस्थायी ज्यालादारी कर्मचारीलाई सरकारको नीतिबमोजिम विगतमा अवकास दिइएको र स्थायी कर्मचारीले उमेर हदका कारण बर्सेनि अवकास पाउँदै जाँदा डिपो कर्मचारीविहीन हुन पुगेको जनाइएको छ । संस्थानको दार्चुला जिल्लास्थित पारीबगर, खण्डेश्वरी, र सुनसेरा बिक्री डिपो, बैतडीको कुलाउ, मेलौली र पुँर्चौडीहाट र बझाङ जिल्लाको बिसौनामा रहेका बिक्री डिपो लामो समयदेखि कर्मचारीविहीन छन् ।
बाजुराको कोल्टी डिपोमा मात्रै संस्थानकै कर्मचारीमार्फत खाद्यान्न बिक्री वितरण हुँदै आएको संस्थानका अधिकृत रणबहादुर ऐरले बताउनुभयो । “देशभरिका खाद्य संस्थानको यही समस्या हो” ऐरले भन्नुभयो । सरकारले दिने ढुवानी अनुदानमा संस्थानले खाद्यान्न अभाव हुने क्षेत्रमा खाद्यान्न आपूर्ति गर्दै आएको छ ।
- See more at: http://purbelinews.com/20265#sthash.EsDsCQqT.dpuf
तल को बक्समा क्लिक गर्नुहोस
Food Corporation depot health workers
Reviewed by Guru
on
1:59 AM
Rating:
No comments: