GC is the first and most modern integrated waste-processing center to be
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
काठमाडौँ, ६ चैत - गएको नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा संलग्न मुख्य आक्रमणकारी पक्राउ परेका छन्।
पेरिस आक्रमणको चार महिनापछि आक्रमणकारी सालह अब्देस्लामलाई बेल्जियमको राजधानी ब्रसेल्सबाट प्रहरीले पक्राउ गरेको हो। पेरिस आक्रमणमा संलगन विरुद्ध चलाइएको अभियानको क्रममा अब्देस्लाम प्रहरीको कारवाहीमा परि घाइते भएको अवस्थापमा पक्राउ परेको बेल्जियमका सरकारी अधिकारीले बताएका छन्।
ब्रसेल्सको मोलेन्बिक क्षेत्रमा प्रहरीले गरेको छापामारीको क्रममा अब्देस्लाम घाइते भएका थिए। प्रहरीले गएको नोभेम्बरमा एक सय ३० जनाको ज्यान जानेगरी भएको पेरिस आक्रमणका मुख्य आरोपी अब्देस्लामको खोजी गरिरहेको थियो। ब्रसेल्समा जन्मिएका फ्रान्सेली नागरिक अब्देस्लामको आक्रमण लगतैदेखि खोजी तीब्र पारिएको थियो। अहिले पक्राउ परेका व्यक्ति अब्देस्लाम नै भएको तर त्यसको परीक्षणबाट पुष्टी गर्न भने बाँकी रहेको फ्रान्सेली अधिकारीले बताएका छन्।
ब्रसेल्समा अब्देस्लामको फ्ल्याटबाट उनको फिङगर प्रिन्ट तथा डिएनए पनि भेटिएकाले पक्राउ गरेका व्यक्ति अब्देस्लामनै भएको उनीहरुको दाबी छ । अब्देस्लाम पेरिस आक्रमणपछि भएको गोली प्रहारको क्रममा भागेका थिए। प्रहरीले अब्देस्लामसँगै अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । ती व्यक्ति पनि प्रहरीको खोजी सूचीमा थिए। एजेन्सी

तल को बक्समा क्लिक गर्नुहोस
GC is the first and most modern integrated waste-processing center to be
Reviewed by Guru
on
8:38 PM
Rating:
No comments: