Important agreements signed with China paravahanasahita

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


समुन्द्रीमार्गको व्यापारमा भारतको एकाधिकार तोडियो 
काठमाडौंः नेपाल र चीनबीच पारवहन तथा यातायात, खुल्ला व्यापार क्षेत्र व्यवस्थापन र ग्यास पेट्रोलको अन्वेषण सम्बन्धी सम्झौतामा सोमबार बेइजिङमा  हस्ताक्षर भएको छ । 
बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको उपस्थितिमा यो महत्वपूर्ण सम्झौता भएको हो । 

 
पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर भएपछि नेपालले समुन्द्री मार्गबाट भारतसँग गर्दै आएको एकाधिकार पनि तोडिएकोछ । 
 
प्रधानमन्त्रीका परराष्ट्र विज्ञ गोपाल खनालका अनुसार आजको सम्झौतापछि नेपालले अब चीनको ग्वान्झाओस्थित समुन्द्री बन्दरगाहबाट तिब्बतको स्वशासितक्षेत्र हुँदै सामान आयात निर्यात गर्न पाउने भएको छ ।
 
सोमबार बिहान दुई देशका प्रधानमन्त्रीबीच पारवहनलगायतका महत्वपूर्ण विषयमा सम्झौता भएपनि यद्यपी बहुप्रतिक्षित इन्धन आयात सम्बन्धी सम्झौतामा भने हस्ताक्षर हुन सकेन । 
 
दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको ग्यास तथा पेट्रोलको अन्वेशण सम्बन्धी सम्झौतामा भने हस्ताक्षर भएको छ ।
 
नेपालले यसअघि भारतका कोलकातासहितका बन्दरगाहबाट मात्रै समुन्द्रीमार्गको प्रयोग गरेर सामान आयात निर्यात गर्ने गरेको थियो । अब भने चीनको ग्वान्झाओ बन्दरगाहबाट पनि सामान आयात निर्यात गर्न पाउने भएको छ ।

त्यस्तै चीनले नेपालका ३२ हजार घरधुरीलाई सोलार प्यानल अनुदान दिने भएको छ । 
-त्यस्तै हुम्लाको हिल्सा र तिब्बत जोड्ने पुल चीनले बनाइदिने भएको छ । 
 
यसैगरी नेपाल र चीनबीच विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य अघि बढाउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र चिनियाँ एकडेमिक साइन्सेजबीच पनि सहकार्यका लागि बेग्लै सम्झौता भएको छ । 
 
त्यस्तै चीनका विभिन्न सहर र नेपालका काठमाडौं, पोखरा लगायतका सहरसँग भगिनी सम्बन्ध स्थापनाका लागि पनि दुई देशबीच सम्झौता भएको छ । 
 
त्यस्तै चीनमो ग्वान्झाओमा नेपालको महावाणिज्य दूतावास स्थापना गरिने भएको छ । आर्थिक कारोबारलाई प्रभावकारी बनाउन नेपालमा चिनियाँ बैंकका शाखा खोल्नुका साथै चीनमा पनि नेपाल बैंकका शाखा खोलिने भएकोछ  । 
 
यसरी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीन बीच विभिन्न १० विषयमा फरक फरक सम्झौता भएको छ । 

नेपाल र चीनबीच भएका सम्झौता
१) पारवाहन तथा यातायात सम्झौता
२) स्वतन्त्रव्यापार सम्झौता
३) ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता
४) सुविधायुक्त ऋण सम्झौता
५) पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता
६) नेपालमा ग्यास तथा इन्धनको अन्वेषण गर्ने सम्झौता
७) हुम्लाको हिल्सामा पुल निर्माण गर्ने सम्झौता

Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
Important agreements signed with China paravahanasahita Important agreements signed with China paravahanasahita Reviewed by Guru on 1:33 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.