Market bhitridai modern culture , emphasizing the conservation of endangered Tharu culture -
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
चैत्र ३ । बाँके, बर्दिया लगायत पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायका बासिन्दाहरुले आफ्नो लोकसंस्कृति जगेर्ना गर्न सरकारले पहल गर्नु पर्ने बताएका छन् ।
पछिल्लो समय बजारमा विभिन्न किसिमका आधुनिक लोकसंस्कृति भित्रिदै गएपछि थारु संस्कृति लोप हुन लागेको भन्दै उनीहरुले यसको संरक्षण गर्नु पर्ने बताएका हुन् ।
विभिन्न कला, सिप र संस्कृतिले भरिपूर्ण मानिएको थारु समुदायमा पनि अहिले क्रमशः आधुनिक संस्कृतिले प्रश्रय पाउन थालेको छ । साँस्कृतिक पर्यटनको एक महत्वपूर्ण क्षेत्रको रुपमा रहेको थारु संस्कृतिलाई संरक्षण गरिनु पर्ने बर्दियाका विमर्श चौधरीले बताए ।
थारु समुदायले आफ्नो परम्परागत सिप र लोकसंस्कृति संरक्षणका लागि राज्यले चासो नदिएकोमा चिन्ता समेत ब्यक्त गरेका छन् । थारु संस्कृति संरक्षणका लागि सरकारले विभिन्न स्थानहरुमा थारु संस्कृति संरक्षण संग्राहलय निर्माण गरिनु पर्ने उनीहरुको माग छ ।
हस्तकला, चित्रकला लगायत विभिन्न पहिरन र संस्कारका हिसावले थारु जाती एक महत्वपूर्ण समुदायको रुपमा रहेको छ । यी संस्कार र संस्कृतिहरुलाई संरक्षण नगरे नेपालीको मौलिक पहिचान समेत गुम्दै जाने देखिन्छ ।
अर्का स्थानीय बिरजीत थारु भन्छन् –‘बुवाबाजेको समयमा भएका लोकसंस्कार र कलाकौशलहरु हाम्रा पालामा आउँदा झण्डै आधाजति हराउन थालिसकेका छन् ।’
प्राकृतिक, भौगालिक, धार्मिक, पुरातात्विक हिसावले मात्र होइन साँस्कृतिक रुपबाट पनि पर्यटन ब्यबसाय प्रवद्र्धन गर्न सकिन्छ । थारु समयुदायको लोकसंस्कृति जगेर्ना गर्न सके पर्यटन ब्यबसायमा पनि प्रवद्र्धनमा जोड पुग्ने बिरजीत चौधरीको भनाई छ ।
बर्दियामा मात्रै कुल जनसंख्याको झण्डै बाउन्न प्रतिशत थारु समयुदायको बाहुल्यता रहेको छ । पश्चिम तराईका बाँके, दाङ, कैलाली र कञ्चनपुर जिल्ला पनि थारु समुदायको उल्लेख्य उपस्थित रहेको छ ।
यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको लोकसंस्कृतिलाई संरक्षण गर्न सरकारले पहल गर्नु पर्ने स्थानीय महिला शावित्रा चौधरीले बताइन् । थारु संस्कृति संरक्षण गरि पर्यटन ब्यबसाय प्रवर्धन गर्न सकिने उनको भनाई छ ।
तल को बक्समा क्लिक गर्नुहोस
Market bhitridai modern culture , emphasizing the conservation of endangered Tharu culture -
Reviewed by Guru
on
2:18 AM
Rating:
No comments: