Mother swore to save money at the expense of leaving the Incarnation

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


रुपन्देही ४ चैत्र  -रुखबाट लडेर गत भदौ देखि थला परेकी आमालाई उपचार खर्च जुटाउनका लागि १३ वर्षको उमेरमा भारतमा  पुगेका गुल्मी उर्लेनीका एक वालकको कमाई अन्तत आमाको किरिया खर्चमा खर्चिनु परेको छ ।


रातै दिन मलाई बचाउ बचाउ भन्दै थातै दिशा पिशाव हुँदै विस्तारामा लडेकी आमालाई उपचार खर्च जुटाउन सक्छु कि भनेर कक्षा पाँचमा बढ्दा पढ्दै दिल्ली पुगेको थिएँ । त्यहाँ गएको चार महिनामा ७ हजार जति बचाएको थिएँ ।  त्यही पैसा पठाउन लागेको बेला आमाको मृत्यु भयो भन्ने खवर पाएर हुत्तिदै घर आएर किरिया वसेको छु– उर्लेनीका १३ वर्षिय वालक विशाल तङनामीले गहभरी आँशु पार्दै भने– आखिर आमालाई बचाउन बचाएको त्यही कमाई यसै किरिया खर्चमा लगाउँदैछु  ।



गत भदौमा रुखबाट लडेर थातै दिशा विशाव हुँदै जिवनको दुहाई मागेकी रेसुङ्गा नगरपालिका –१४ अन्तरगत दुविचौरको उर्लेनी गाउँकी ३० वर्षिया हिमा तङनामी विशालकी आमा थिईन् । उनलाई उपचार गर्ने खर्च जुटाउन नसकेको चोटमा उनका बाबु कृष्णबहादुरले विष सेवन गरे । वावुले विष सेवन गरे पछि विशाल छिमेकी संग ऋण मागेर दिल्लीको कोरालवागमा पुगेर एक घरमा घरेलु कामदारको नोकरी पाएका थिए ।

त्यहाँ चार हजार तलव थियो, आमालाई विर अस्पतालमा भर्ना गरिएको छ  बिभिन्न मिडियामा समाचार छापिए पछि उपचार खर्च पनि  जुटेको छ भन्ने सुनेर अव त आमालाई बचाउन सकिने भयो भनेर खुशी हुँदै थप रकम मैले पठाउन लागेको बेला यस्तो खवर सुनेर रुदै घर आएँको हँ– विशालले भक्कानिदै भने ।
   एता विष सेवन गरेर आत्मा हत्या गर्न चाहेका वावु कृष्णबहादुरलाई छिमेकीले अस्पताल लगेर बचाए पनि उनको अहिले मानसिक सन्तुलन विग्रेर वर्वराउँदै बसेका छन् । छिमेकी सरस्वती बस्नेतले भनिन् –‘के गर्ने हेरविचार गर्ला भन्ने बावु अर्ध पागल भएर कोठामा राखिएको छ , यि साना नानी वावुहरुको अहिले त झन ठुलो विचल्ली  भएको छ ।


 उनीहरुको विचल्लीको खवर प्रकाशित भए पछि झण्डै डेढ लाख रुपैयाँ सहयोग जुटेको थियो । डाक्टरले सुधार हुँदै छ भनेका पनि थिए तर अप्रेशन गर्ने बेलामा उनको आन्द्रा नै कुहेर सडेकोले उपचार सम्भव नभई उनको ७ दिन अघि मृत्यु भयो– मृतकका जेठाजु नरबहादुरले भने ।

उपचार गर्ने खर्च नपुगेर होईन प्रशस्तै सहयोग जुट्यो त्यसका लागि हामी सवै सहयोगदात प्रति आभारी छौं तर उनलाई बेलैमा उपचार गर्न नसक्दा बचाउन भने सकिएन ’उनले भने–‘के गरुँ मेरो पनि केहि छैन मजदुरीको भरमा छोरा छोरी पालेको छु ,यो भाई र यि लालवालाहरुको विचल्ली हुने भयो ।

    ति दुवै भाई  सानै देखि उर्लेनीको ढुङ्गाखानीमा ढुङ्गा फोरेर जिविका गर्दै आएका परिवार हुन् । उनिहरुको सम्पत्तीका नाममा  वाँसले वारेको झुपडी बाहेक खुर्शानी लगाउने ठाउँ समेत छैन्  समाचार पढेपछि काभ्रे जिल्ला घर भई अमेरिकाको न्युवर्कमा कार्यरत अर्जुन मैनालीले डेढ देखि  दुई लाख सम्मको जग्गा खरिद गरी दिने घोषणा गरेका छन् ।  उनले त्यसका लागि यहाँस्थित उनका परिचीत  घनश्याम गौतम मार्फत रकम समेत पठाई सकेको  गौतमले जानकारी दिए ।

‘त्यति भए त यि नावालकहरुलाई ठुलो कल्याण हुने भयो’–‘ वडा नागरिक मञ्चकी संयोजक एवं त्यो परिवारको संरक्षकका रुपमा रहँदै आएकी खिमा बस्नेतले भनिन.– सहयोगदाता मैनाली र   मिडिया  परिवार प्रति हामी सबै गाउँवासी आभारी छौं ।

   कुनोमा बसेका १३ वर्षिय बिशालले भने–‘त्यति जग्गा भए त दिल्ली पनि जाने थिएन यहि वसेर खेतीपाती गर्दै यि वहिनीहरु पाल्ने थिए ।  टिलपिल आँखा पार्दै उनको छेउमा बसेकी  ९ वर्षिया वहिनी पुूष्पा र ६ वर्षिया विष्णुले घरमा खान दिने कोही नभए पछि स्कुल जान छाडेको बताए ।  उनका वावुको मानसिक सन्तुलन ठिक नभएका कारण उनिहरुको विचल्ली हुने भएको छ । अव त्यो घरको जिम्मेवारी तिनै १३ वर्षिय विशालको काँधमा रहेको छ ।

Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
Mother swore to save money at the expense of leaving the Incarnation Mother swore to save money at the expense of leaving the Incarnation Reviewed by Guru on 5:50 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.