She swore her parents
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
-खसोखास साप्ताहिक / काठमाडौं
गरिबीको कारण सुशीलाले पढ्न पाइनन् । शिक्षाबाट बञ्चित रहेकी उनी चेतनाको हिसाबले सबैभन्दा अब्बल छिन् । सुशीलाको कर्मबाट आफन्त र छरछिमेक पनि चकित छन् ।
छोरीले समाजमा गर्न हुने र नहुँने भन्दै कोरीएको रेखा मेटाउँदै झापाकी सुशीलाले महिला अधिकारको कुरा मात्र गर्नेहरुलाई चुनौति समेत खाडा गरि दिएकी छिन् ।
छोरा नहुँने आमाबुबा मृत्युपछि स्वर्ग पुग्दैनन् भन्ने पुरानो मान्यता तोड्दै झापा शनिअर्जुन ४ फूलबारीकी १६ वर्षीय सुशीला खड्काले आमाको निधनपछि हिन्दु परम्परा अनुसार किरिया गरेकी छिन् ।
आमा फूलमाया गिरी (खड्का)को गत माघ २९ गते ५३ वर्षको उमेरमा निधन भएको थियो । डेढ वर्ष अघि बुबा डम्बर बहादुर खड्काको मृत्युपछि उनी आफै किरिया गरेकी थिइन् । त्यसबेला उनले केश मुण्डन नै गरेर किरिया गरेको छिमेकी राजकुमार चौहानले जानकारी दिए । यसपटक पनि उनले केश मुण्डन गर्ने इच्छा राखेकी थिइन् तर, आफन्तले रोकेको ती छिमेकीको भनाइ छ ।

आमा र बुबा दुबै जनाको पार्थिव शरीरमा दागवत्ती पनि उनैले दिएकी थिइन् । ‘छोरीले पनि आमा बुबाको काजकिरिया गर्न सक्छन्, छोरी पनि छोरा जत्तिकै सन्तान हुन् भनेर बुबाको पछि आमाको किरिया गरेको हुँ सुशीलाले भनिन् । आर्थिक रुपमा अत्यन्त विपन्न खड्का परिवार मजदुरी गरेर जीवन गुजारा गर्दै आएको थियो । उनी आमाको किरिया मामाघरमा बसेर गरेकी थिइन ।
घरको आर्थिक अवस्था निकै नाजुक भएको कारण स्कुल टेक्न समेत नपाएकी उनले समाजमा रुपमान्तरणका लागि उदाहरण बनेकी छन् । डेढ वर्ष अघि बुबाको पनि किरिया गरेकाले अहिले सजिलो भएको उनले सुनाइन् । काज किरियामा बस्दा अपनाउनु पर्ने सम्पूर्ण विधिमा समेत उनी सामेल भएको देखेपछि स्थानीय बासी झनै छक्क परेका थिए ।
‘यो सन्तानले गर्नुपर्ने कर्म पनि हो, छोराछोरी बराबरी हुन्’ सुशीलाले भनिन्– ‘आफूले यसरी किरियामा बस्दा बुबा–आमाले स्वर्गमा पास पाउनुहुन्छ भन्ने विश्वास छ ।’
बुबाआमाको किरियामा छोरी बसेको देख्ने, सुन्ने पहिला आश्चर्यमा परेपनि अहिले सहज रुपमा लिन थालेको स्थानीय राजु गिरी बताउँछन् ।

परिवारमा सन्तानको रुपमा दुई छोरी मात्र रहेको र दिदी सुस्माको विवाह भईसकेकाले कान्छी छोरी सुशीला आमाको किरिया बसेको मृतकका भाई किसन गिरीले बताए ।
तल को बक्समा क्लिक गर्नुहोस
She swore her parents
Reviewed by Guru
on
9:47 AM
Rating:
No comments: