नायिका रेखा थापाले नयाँ वर्ष २०७३ सालमा बिवाह गर्ने पक्का
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
लोकप्रिय नायिका रेखा थापाले नयाँ वर्ष २०७३ सालमा आफूले विवाह गर्ने कुरा बताएकीछिन् ।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै उनले भनिन्,‘अहिलेपनि म एक्लै छैन, घरपरिवारसँग बसिरहेको छु ।’ त्यसो भए २०७३ सालमा तपाईको विवाह हुँदैन त ? भन्ने प्रश्नमा उनले खुलस्त पारिन्,‘‘मेरो विवाह हुनसक्छ, भगवानले चाहानुभएको छ भने मेरो विवाह कसैले रोक्न सक्दैन, विवाह गर्नुपर्छ भन्ने सोच ममा पलाएको छ, उपर्युक्त देश, जनता र परिवारलाई माया गर्ने व्यक्ति मलाई मनपर्छ ।’’

कस्तो केटालाई तपाई आफ्नो जीवनसाथी बनाउन चाहानुहुन्छ त ? उनले हाँस्दै भनिन्,‘उ ह्याण्डसम हुनुपर्छ, सबै कुरामा पर्पेक्ट हुनुपर्छ, समाजप्रति उ समर्पित हुनुपर्छ, देश र जनतालाई माया गरिरहने अनि परिवारलाई बुझेको परिपक्व व्यक्ति नै मेरो च्वाईस हो ।’
अनि छवि ओझासँग चाहीँ अहिले भेटवार्ता हुँदैन त ? भन्ने जिज्ञासामा उनले भनिन्‘तपाई अहिले छवि ओझाजीको बारेमा प्रश्नै नगर्नुहोस्, उहाँको बारेमा म धेरै कुरा बोल्दिन् ।’
नायिका थापाले नयाँ वर्षसँगै समाजसेवामा सरिक हुने जानकारी समेत दिईन् । उनले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने बताएकीहुन् । आफ्नो लागि समाजसेवामा मदर टेरेसा नै आईडल वुमन भएको बताईन् भने नेपाली राजनीतिमा भने उनको लागि प्रचण्ड र बाबुराम भट्टराई नै आईडल हुन् । त्यस्तै उनलाई स्वर्गीय वीपी कोइराला पनि त्यतिकै मन पर्छ ।
नयाँ वर्षमा आफ्नो कुनै नयाँ योजना नभएपनि आफ्नो चलचित्र रामप्यारी दर्शकसँगै बसेर हेर्ने चाहना रहेको स्पष्ट पारिन् । उनका अनुसार भगवानप्रति उनको गहिरो आस्थाा छ । उनी भगवानमा धेरै विश्वास गर्छिन । उनले आफू राजनीतिमा आउने कुरा भने एकवर्षपछि मात्रै थाहा हुने खुलासा गरिन् । नयाँ वर्षमा पनि आफूले दर्शकलाई अझ राम्रो र सफल चलचित्र दिने जानकारी दिईन् ।
तल को बक्समा क्लिक गर्नुहोस
नायिका रेखा थापाले नयाँ वर्ष २०७३ सालमा बिवाह गर्ने पक्का
Reviewed by Guru
on
8:16 PM
Rating:
No comments: