विश्वकप छनोट खेल्न नेपालले भोलिको खेल जित्नै पर्ने
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
शनिबार भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामिबियालाई हराएसँगै विश्कप छनोट खेल खेल्ने नेपालको आशा कायमै छ ।
शनिबारको खेलमा नेपालले नामिबियासँग हार बेहोरेको भए विश्वकप छनोट खेल्ने नेपालको सपना चकनाचुर हुने थियो । नेपाली ब्याट्सम्यान लामो समयसम्म पिचमा टिक्न नसक्दा खेल नामिबियाको पोल्टामा जाने सम्भावना पनि एकपटक देखिएको थियो ।

तर नेपाली ब्याटिङलाई टिकाइरहेका थिए ओपनर शरद भेषवाकरले। उनले ९९ बल खेल्दै नट आउट ५० रनको योगदान दिए । त्यस्तै उनलाई साथ दिन पाँचौ नम्बरमा आएका ब्याट्सम्यान बिनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको पोल्टाबाट फुत्किन लागेको खेललाई सम्हालदै जित दिलाए । भण्डारी र भेषावाकरले ९० रनको पार्टनरसिप खेल्दै नेपाललाई जित दिलाए ।
यस अघिका चार खेल खेल्दै नेपाल अंक तालिकाको पुछारमा थियो । शनिबारको जितले नेपालको २ अंक जोडिएको छ । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपका ७ राष्ट्रसँग होम र अवेका आधारमा खेल्नेछ ।
नेपालले यसअघि स्कटल्याण्डसँग दुई खेल र पपुवा न्यूगिनीसँग दुई खेल गरी चार खेल खेलिसकेको थियो । यसअघिका ती चार वटै खेल नेपालले हारेको थियो । आठ राष्ट्र मध्ये नेपाल अंक तालिकामा सबैभन्दा पुछारमा थियो । त्यही भएर पनि शनिवार नामिबियासँगको खेल नेपालले जित्नै पर्ने थियो ।
नामिबिया नेपालभन्दा एक स्थान माथि थियो । शनिवारको नेपालको जितसँगै नामिबिया र नेपालको समान २ अंक भएको छ । अब सोमबार नेपालले नामिबियालाई हराएमा नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्ने सम्भावना बढी हुन्छ । शीर्ष चारमा पर्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनौटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नेपाली बलरहरुले शनिबारको खेलमा उत्कृष्ट प्रर्दशन गरका थिए । सोमबारको खेलमा पनि बलरहरुले अझ उत्कृष्ट प्रदर्शन गनुपर्ने देखिन्छ । नेपालको पिच बलिङ पिच पनि भएकाले खेल जिताउन पनि बलरको धेरै महत्वपूर्ण भूमिका हुने गर्छ । नेपालको बलिङ तर्फका प्रमुख हतियार स्पीनर मानिन्छन् ।
स्पीनरले नामिबियाली ब्याट्सम्यानलाई रोक्दै धेरै रन बनाउन नदिने हो भने नेपाली ब्याट्म्यानलाई थप हौसला मिल्ने छ । जसले नामिबियाई हराउन मद्दत गर्छ । शनिबारको खेलले नेपाललाई पाठ सिकाइसकेको छ । ब्याटिङमा धैर्यता आवश्यक छ । नेपाली ब्याट्म्यानले शनिबार जस्तै धैर्य गर्दै टिकेर खेल्ने हो भने नामिबियालाई नेपालले हराउन सक्नेछ ।
तल को बक्समा क्लिक गर्नुहोस
विश्वकप छनोट खेल्न नेपालले भोलिको खेल जित्नै पर्ने
Reviewed by Guru
on
9:33 PM
Rating:
No comments: