सर्पले टोकी हालेमा के गर्ने
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
सर्पले टोकी हालेमा के गर्ने ? के नगर्ने ? महत्वपूर्ण जानकारी
सर्पले टोकी हालेमा के गर्ने ?
सबै सर्प विषालु हुँदैनन् र टोक्नासाथ व्यक्तिको मृत्यु पनि हु“दैन । तुरुन्त मृत्यु भएमा बिरामी डराएर मुटुघात भई मृत्यु भएको बुझ्नु पर्दछ । विष सर्न केही समय लाग्ने भएकाले विषकै कारणचाहिँ अलि समय पछि मृत्यु हुने गर्दछ । सर्पले टोकी हालेमा बिरामीले यस्ता उपाय अपनाउनुपर्छ ।
तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने
टोकेको ठाउको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ आंैला छिर्ने गरी खुकुलो व्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडाले बेर्ने (प्रेसर व्यान्डेज)
टोकेको भागलाई हल्लिन नदिन स्प्लिन्ट (काम्रो) को प्रयोग गर्ने र सक्दोचा“डो बिरामीलाई अस्पताल वा सर्पदंश केन्द्रमा पु¥याउने ।
सर्प मरेको भए पहिचानका निमित्त अस्पताल लैजाने, तर हरेक सर्पलाई चिकित्सकले चिनेकै हुनुपर्छ भन्ने हुन्न
उपचार नहुन्जेलसम्म बिरामीलाई पानीसमेत नखुवाउने
सर्पले टोकेमा के गर्नु हुदैन ?
हाम्रो समाजमा अन्धविश्वास व्याप्त भएकाले सर्पले टोकेमा यस्ता कार्य गर्नुहुँदैन
सर्प मार्ने प्रयास नगर्ने बरू विरामीलाई प्राथमिक उपचार दिने र सक्दो चा“डो अस्पताल पु¥याउने
टोकेको ठाउलाई नचलाउने, चलाएमा शरीरमा विष चाँडै पस्न सक्छ
बिरामीलाई सन्चो नभएसम्म वा अस्पतालमा उपचार नगर्दासम्म प्रेसर व्यान्डेज नहटाउने
ब्यान्डेज धेरै कसेर बाँध्नुहुदैन तथा डोरीले टोकेको भागभन्दा माथि बाँध्नु हुदैन यसो गरेमा रक्त सञ्चार रोकिन गई त्यस भागका तन्तु मर्न सक्छन् र ती भाग÷अंग नै नष्ट हुन सक्छन्
धामीझाँक्री, तन्त्रमन्त्र तथा झारपातको प्रयोग गरेर बिष लागेको वा नलागेको छुट्याउन सकिंदैन । बरू बिरामीको ज्यान जान सक्छ तसर्थ सक्दो चाँडो बिरामीलाई अस्पताल पु¥याउनुपर्छ
पुराना विधि जस्तै- धारिलो हतियारले चिर्ने, अंग नै काट्ने, डढाउने गर्नुहुँदैन यसो गर्नाले अत्यधिक रक्तश्राव भई मृत्युसमेत हुन सक्छ
टोकेको ठाउमा रसायनको प्रयोग पनि गर्नु हुदैन
मुखले चुस्ने वा सक्सनले विष तान्ने जस्ता कार्य पनि गर्नुहुँदैन
हाम्रो समाजमा व्याप्त केही अन्धविश्वास
हाम्रो समाजमा केही अन्धविश्वासहरू अझै पनि व्याप्त छन । आधारहीन यस्ता अन्धविश्वासका कारण सर्पको टोकाईबाट कयौंको ज्यानसमेत जाने गरेको छ । हाम्रो समाजमा यस्ता केही अन्धविश्वास अझैं पनि व्याप्त छन् ।
खुर्सानी खाएर सर्पले टोके–नटोकेको थाहा हुन्छ ।
धामीझाँक्रीले फूकेको भरमा सर्पको विष हराएर जान्छ ।
कुखुराको मल टोकेको भागमा लगाउ“दा विष हराएर जान्छ ।
टोकेको भागभन्दा माथि कसेर बाँधेमा सर्पको विष माथि सर्दैन ।
के गर्नुपर्छ अब ?
सर्पको प्रकोप भएको तराईका जिल्लामा सरकारले सर्पसम्बन्धी जानकारीमुलक कार्यक्रम ल्याउनु अति आवश्यक छ साथै उपचारका लागि उचित व्यबस्था मिलाउनु पनि उत्तिकै आवश्यक छ । हुन त सरकारले विराटनगर, जनकपुर, चितवन तथा नेपालगंजमा यससम्बन्धी तालिम दिएर सर्प उपचारसम्बन्धी जानकारी राख्ने करिब पाँचसय जनशक्ति उत्पादन गरिसकेको छ । अस्पतालमा सर्प विष प्रतिरोधात्मक सेरम को प्रयोगबाट सर्पको विषलाई समाप्त पार्ने गरिन्छ ।
नेपालमा पाईने एएसभी धेरै विषहरूको विरूद्धमा हुन्छ त्यसैले यसलाई पोलीभेलेन्ट एएसभी भनिन्छ । विदेशमा भने कुनै खास विषविरुद्ध लड्ने खालको एएसभी पनि पाईन्छ र त्यस्ता एएसभीलाई मोनोभ्यालेन्ट एएसभी भनिन्छ । तर उपचार पद्दति भए पनि उपचार पाएर सबै बिरामी बा“च्छन् भन्ने ग्यारेन्टी हुन्न त्यसैले सर्पको टोकाईबाट बच्ने उपाय अपनाउनु नै बुद्धिमानी हुनेछ ।
तल को बक्समा क्लिक गर्नुहोस
सर्पले टोकी हालेमा के गर्ने
Reviewed by Guru
on
8:31 PM
Rating:
No comments: