Trampamathi presidential candidate accused of rape
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
राष्ट्रपतिका उम्मेद्वार ट्रम्पमाथि बलात्कारको आरोप, पीडितले मागिन् १०५५ करोड क्षतिपूर्ति
काठमाडौँ, १७ वैशाख - रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार करिब पक्का गरेका डोनाल्ड ट्रम्पमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी छन्।
उनले सन् १९९४ मा आफू १३ वर्षकी हुँदा ट्रम्पले बलात्कार गरेको दाबी गरेकी छन्। त्यो बेला ट्रम्प र उनका अर्बपति साथीले मिलेर बलात्कार गरेको आरोप उनले लगाएकी हुन्। उनले आफूलाई दुबैले चार महिनासम्म बन्धक बनाएको पनि जिकिर गरेकी छन्।
पीडित महिलाले एक सय मिलियन डलर अर्थात (१०५५ करोड) को मुद्दा पनि दर्ता गराएकी छन्। उता ट्रम्पले भने यी सबै आरोपलाई ठाडै इन्कार गर्दै राजनीतिक षड्यन्तत्रको संज्ञा दिएका छन्।
पीडित महिलाले मंगलवार सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट अफ क्यालिफोर्नियामा उजुरी दर्ता गराएकी छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार महिलाले आफ्नो नाम केट जोनसन भएको बताएकी छन्। उनले आफ्नो तर्फबाट वकिलको काम आफैंले गर्ने भएकी छन्।
केटले दर्ता गरेको जाहेरीमा यो घटना १९९४ को जुनदेखि सेप्टेम्बरबीचमा भएको दाबी गरेकी छन्। पीडित महिलाले बताए अनुसार ट्रम्प र उनका अर्बपति साथी जेफ्री एप्सटाइनले मोडलिङमा करियर बनाइदिने आश्वासन दिएर आफ्नो यौन शोषण गरेको उल्लेख गरेकी छन्।
उनले बताए अनुसार यी दुईजनाले आफूलाई धम्क्याउँदै यौन शोषण गरेको पनि खुलासा गरेकी छन्। मलाई एप्सटाइनको न्यूयोर्कस्थित घरमा बोलाइन्थ्यो। त्यहाँ उनीहरु सेक्स पार्टी गर्थे, उनले भनेकी छन्, यस पार्टीमा ट्रम्प पनि हुन्थे। ट्रम्पले कयौं पटक मेरो यौन शोषण गर्थे। एक पटक मलाई दुबैले यौनइच्छा पुरा गर्न चार महिनासम्म बन्धक बनाए राखे।
केटले ट्रम्पमाथि अरु गम्भीर आरोप पनि लगाएकी छन्। उनले ट्रम्पलाई आफूले पटक पटक सेक्स पार्टीमा पनि भेट्टाएको जिकिर गरेकी छन्। त्यही क्रममा ट्रम्पले आफूलाई बलात्कार गरेको उनको दाबी छ। एजेन्सीको सहयोगमा - See more at: http://dcnepal.com/news/news.php?nid=207572#sthash.hPK4sEyR.dpuf
तल को बक्समा क्लिक गर्नुहोस
Trampamathi presidential candidate accused of rape
Reviewed by Guru
on
3:41 AM
Rating:
No comments: