Become prime minister after the party office bearers of the proposal for the idea
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
प्रधानमन्त्री बन्न प्रस्ताव आएपछि प्रचण्डले पार्टी पदाधिकारीको धारणा लिए, आजै प्रधानमन्त्री र प्रचण्डवीच वार्ता हुने
काठमाडौँ, २२ वैशाख - सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ।
यसबारे औपचारिक निर्णय गर्न बुधबार बिहानै एमाओवादीका पदाधिकारीहरु प्रचण्ड निवासमा भेला भएका छन्।
यसअघि मंगलबार साँझ एमालेका शीर्ष नेताहरु र एमाओवादीका शीर्ष नेतावीच प्रधानमन्त्री निवास बालुवाटारमा डिनरसहितको बैठक बसेको थियो। सो बैठकमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको बजार हल्ला के हो भन्दै एमाओवादी नेताहरुसँग जिज्ञासा राखेका थिए।
राति अबेरसम्म चलेको बैठकको अन्त्यमा एमाओावदी अध्यक्ष प्रचण्डले ‘मलाई शान्ति प्रक्रियाका र पुनर्निर्माणको कामको नेतृत्व गर्ने प्रस्ताव आएको छ, तपाई के भन्नुहुन्छ ? भन्दै ओलीसँग प्रश्न गरेका थिए, जसको जवाफ प्रधानमन्त्रीले दिएका थिएनन्।
मंगलबार रातिको बालुवाटार बैठक दुबै पार्टीका नेताहरुले आ-आफ्नो कुरा राख्नमै सीमित भएको भन्दै बुधबार पुन बालुवाटारमै दुई दलीय बैठक बस्ने सहमति भएको थियो। तर, बुधबार बिहानै प्रचण्ड निवासमा एमाओवादी पदाधिकारी बैठक बस्यो र सो बैठक ९ बजेसम्म लम्बिएको छ।
पदाधिकारी बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम छ
तल को बक्समा क्लिक गर्नुहोस
Become prime minister after the party office bearers of the proposal for the idea
Reviewed by Guru
on
9:26 PM
Rating:
No comments: