Hair loss and baldness eat to survive
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
![]() |
बैशाख १९ । कपाल झर्ने समस्या अधिकांश महिला तथा पुरुषहरुको जल्दोबल्दो समस्या हो । अझ उमेर नपुग्दै कपाल फुल्दा कतिपय युवा युवतीलाई चिन्ता मात्र थपेको छैन, बैशमै सौन्दर्य गुमाउन बाध्य छन् ।
कपाल झर्न थालेपछि रोक्न विभिन्न उृपाय अपनाइन्छ तर झर्नै नदिने उपायतिर कोही सचेत भएको पाइन्नँ । हामीले खाने खानाले पनि कपालसँग महत्वपूर्ण सम्बन्ध राख्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । केही खानेकुरा छन् जसले कपालको जरा कडा बनाउनुका साथै समय नपुगी कपाल फुल्नबाट जोगाउँछन् ।
पालकको सागः फलामको कमिले पनि अधिकांश महिला तथा पुरुषको कपाल झर्ने गर्छ । मासिक धर्म रोकिएपछि कतिपय महिलामा यस्तो समस्या देखिन्छ । पालकको सागमा पर्याप्त मात्रामा फलाम र भिटामिन हुन्छ जसले कपाललाई स्वस्थ तथा कडा बनाउँछ र उमेर नपुगी कपाल झर्नबाट बचाउँछ ।
गाजरः गाजरमा बेटा क्यारोटिन र भिटामिन ए प्रशस्त हुन्छ जसले कपाल बृद्धि गर्न बचाउनुका साथै कपालका जराहरुलाई बलियो बनाई झर्न बाट बचाउछ । तसर्थ नियमित रुपमा दैनिक दुईटा गाजर खाँदा कपाल झर्नबाट जोगिन सकिन्छ ।
अण्डाः अण्डामा प्रशस्त मात्रामा प्रोटिनको मात्रा हुन्छ । त्यस्तै अन्डामा हुने बायोटिनले कोषहरुलाई प्रबद्र्धन गर्नुका साथै कपाल झर्नबाट बलियो बनाउँछ । कपालको सुरक्षा र कपालको मजबुत जरा तथा आकर्षक कपालको लागि बायोटिन (भिटामिन बी) अनिवार्य भएको जनावरहरुमाथि गरिएका विभिन्न अध्ययनले पुष्टि गरेको छन्।
तल को बक्समा क्लिक गर्नुहोस
![]() |
Hair loss and baldness eat to survive
Reviewed by Guru
on
3:35 AM
Rating:
No comments: