Interview With Barsha Man Pun "Ananta" - UCPN Maoist Leader
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
सरकारमा बसेर शान्ति प्रक्रियाका नाममा थप कार्यकर्तालाई जेल हाल्न दिन सक्दैनाै
लामो अस्वस्थतापछि सक्रिय बनेको एमाओवादी सचिब वर्षमान पुन (अनन्त) नयाँ सरकार गठनका लागि जोडतोडले लागिपरेका छन् । एमाले नेतृत्वको सरकारले शान्ति प्रक्रियालाई सार्थक टुंगोमा पुरयउन लगायतका विषयमा जिम्मेवारीबोध नगरेकोमा असन्तुष्ट रहेका उनी एमाले सरकारले सहमति नटेरेर धोका दिएको बताउँछन् । नयाँ सरकार गठनको दौडधुप चलिरहँदा नयाँ संविधान कार्यान्वयन नहुँदै सरकार परिवर्तन के का लागि अनन्तसँग १ "लाईक" मेरो देशलाईका लागि सागर न्यौपले गरेको कुराकानी
सरकार परिवर्तन हुन लागेकै हो ?
सरकार परिवर्तन हुन्छ नै भन्ने संकेत देखिएको छ । शान्ति प्रक्रियालाई टुङ्ग्याउन, पुननिर्माणको काम गर्न, आन्दोलनरत दललाई सहमतिमा ल्याउन जनतालाई राहत र आपुर्ती जस्ता सेवा सहज उपलब्ध गराउन सरकार परिवर्तन नगरी नहुने हामी निष्कर्षमा पुगेका छौं ।
तपाईले भनेका ती सबै विषय कार्यान्वयन गर्न एमाओवादीकै आठ जना मन्त्री छन्, सरकार परिवर्तन नै गर्न पर्छ र ?
सरकारमा मन्त्री छन् तर नेतृत्व एमालेले गरिरहेको छ । विषेशगरी शान्तिप्रक्रियासँग जोडिएको वाँकी काम खासगरी जनयुद्धकालिन न्यायमा यो सरकारले चासै दिएन । केही काम गर्न मतलबै गरेन । उल्टै एमालेका नेता कार्यकर्ताले द्वन्द्वकालिन मुद्दा उचालेको पाइयो । सरकारमा बसेर मिलाउनुपर्ने मुद्दा आफै उचाल्दै हिड्ने ? ओखलढुङ्गाका सबै एमाओवादी नेता कार्यकर्तामाथि मुद्दा लगायर सर्बाेच्चले फैसला गरेर भूमिगत बन्नुपर्ने अबस्था छ । गोरखामा निर्दाेष मानिसलाई जेलमा हाल्ने काम भएको छ । कर्नेल कुमार लामा युकेमा एमालेका मानव अधिकारवादी भनाउँदा कार्यकर्ताकै पहल र दबाबमा थुनिएको अबस्था छ ।
ती सबैको सत्य तथ्य पत्ता लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबीनका लागि गठन गरिएको बेपत्ता आयोगले पनि काम गर्न सकेन । एमाले पार्टी, उसले नेतृत्व गरेको सरकार र उनीहरुको चासो नभएको देखिएको छ । यस्तो अवस्थामा एमालेको नेतृत्वमा बसेका हाम्रा मन्त्रीहरुले पनि सामान्य मन्त्रालयका कामकारवाहीबाहेक एउटा ठोस भिजन राखेर काम गर्नसक्ने अवस्था भएन । मन्त्रीमण्डलको भिजन हुनुपर्छ, त्यसको नेतृत्व प्रधानमन्त्रीले सामूहिक निर्णयका आधारमा गर्नुपर्छ, त्यो गर्न सकेन । त्यसैले सरकारमा बसेर हामी थप शान्ति प्रक्रियाका नाममा कार्यकर्तालाई जेल हाल्न दिन सक्तैनौं ।
एमाओवादीले सरकारको नेतृत्व गर्छ उसो भए ?
हाम्रो रुचि त्यस्तो होइन, अहिलेको सरकरले गरोस् भनेर धेरै पटक आग्रह गर्यौं, तर भएन । हामीलाई बाहिर राखेर कांग्रेस एमालेले सरकार चलाएका थिए, हामी प्रतिपक्षमा हुँदा पनि संविधान बनाउन सहयोग गरेका थियौं । कांग्रेस स्वयंले धोका दिँदा पनि एमालेलाई सरकार गठनमा हामीले सहयोग गरेका हौं । हामी सत्तालोलुप पनि होइनौं । हाम्रा अध्यक्ष प्रचण्ड आजका दिनसम्म पनि सरकारको नेतृत्व गर्न तयार हुनुहुन्न । एमालेभित्रैबाट ओली सरकारको विकल्प खोज्न दबाब र सार्वजनिक वक्तव्यबाजी हुँदा समेत अध्यक्ष कमरेडले ओली सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्न भरमग्दूर प्रयास गर्नुभयो । वहाँले कहिल्यै पनि ओली सरकारको विकल्पको कुरा गर्नुभएन । तर यो हाम्रो व्यवहारलाई उनीहरुले गलतढंगले बुझे ।
केपीजीले ‘मलाई प्रधानमन्त्री बनाउनुस म सबै काम गर्छु तपाईहरु ढुक्क हुनुस्’ भनेका थिए तर आज ब्यबहारमा त उल्टो देखियो द्वन््दवकालनि मुद्दामा सबैभन्दा बढी भिलेन रोल त एमालेले खेलिरहेको व्यवहारले पुष्टि गरेन ।
एमालेभित्रैबाट ओली सरकारको विकल्प खोज्न दबाब र सार्वजनिक वक्तव्यबाजी हुँदा समेत अध्यक्ष कमरेडले ओली सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्न भरमग्दूर प्रयास गर्नुभयो । वहाँले कहिल्यै पनि ओली सरकारको विकल्पको कुरा गर्नुभएन । तर यो हाम्रो व्यवहारलाई उनीहरुले गलतढंगले बुझे ।
त्यसैले पनि शान्ति प्रक्रिया संविधान कार्यान्वयन गराउने कुरा कांग्रेस लगायत मधेसवादी दललाई सहमतिमा ल्याउने कुरामा हामी सरकारको नेतृत्व गर्छाै । नेपाली कांग्रेसले हामीलाई औपचारिक रुपमा त्यसको प्रस्ताव गरिसकेको छ ।
त्यसैले पनि शान्ति प्रक्रिया संविधान कार्यान्वयन गराउने कुरा कांग्रेस लगायत मधेसवादी दललाई सहमतिमा ल्याउने कुरामा हामी सरकारको नेतृत्व गर्छाै । नेपाली कांग्रेसले हामीलाई औपचारिक रुपमा त्यसको प्रस्ताव गरिसकेको छ ।
यहाँहरु एमालेसँग विच्किनुको कारण द्वन्द्वकालिन मुद्दामा एमालेले गरेको असयोग मात्रै हो कि अरु पनि छन् ?
मुख्य कुरा यही नै हो । हामीले एमालेलाई समर्थन गर्दा पनि हाम्रो स्थायी समिति बैठकले केपी ओलीसँग उहाँकै घरमा बसेर हामीले भनेका थियौं– शान्ति प्रक्रिया र द्वन्द्वकालिन मुद्दामा हाम्रो अडान ‘यो हो है’ भनेको थियौं । केपीजीले ‘मलाई प्रधानमन्त्री बनाउनुस म सबै काम गर्छु तपाईहरु ढुक्क हुनुस्’ भनेका थिए तर आज ब्यबहारमा त उल्टो देखियो द्वन््दवकालनि मुद्दामा सबैभन्दा बढी भिलेन रोल त एमालेले खेलिरहेको व्यवहारले पुष्टि गरेन । एकातिर कांग्रेसलाई विश्वासमा लिन नसक्ने अर्काेतिर मधेसी दलको कुरै नसुन्ने अनि शान्ति प्रक्रियाका लागि वाँकी रहेका काम पूरा गराउन पनि केही नगर्ने ओली जी असफल भएको हामीले निश्कर्ष निकालेका छौं ।्
प्रचण्ड कमरेडको टाउकोमा अहिलेपनि ३७ वटा मुद्दा छन्, पाटी छोडर गएका बाबुराम भट्टराईलाई १२ वटा मुद्दा लगाइएको छ । विप्लव जी र किरण जीहरुको नाममा पनि दर्जनौं मुद्दा छन्, यसकारण यी मुद्दा र द्वन्द्वकालिन मुद्दाको छिनोफानो नगरी केहि हुदैन । पार्टी अघि बढाउन पनि सकिदैन ।
एमाओवादीले पार्टी एक नम्बरको बनाउने उद्घोष गरेको थियो, आफैले सरकारको नेतृत्व गर्दा संगठन ध्वस्त हुदैन ?
पहिलो कुरा हाम्रो शान्ति प्रक्रियाको तीनओटा काम सेना समायोजन, राजनीतिक एजेण्डालाइ संस्थागत र संक्रमणकालिन न्याय सम्बन्धि सहीद परिवार, वेपत्ता, घाइते अपाङ्गलाई राहत र क्षतिपूर्ती दिने कुरा वाँकी छन् । त्यो पूरा गर्न सक्योै हाम्रो पार्टी एक नम्बरको हुन्छ, त्यसलाई पूरा गर्न सकेनौ भने त्यहीबाट जिरोमा पुग्छ । प्रचण्ड कमरेडको टाउकोमा अहिलेपनि ३७ वटा मुद्दा छन्, पाटी छोडर गएका बाबुराम भट्टराईलाई १२ वटा मुद्दा लगाइएको छ । विप्लव जी र किरण जीहरुको नाममा पनि दर्जनौं मुद्दा छन्, यसकारण यी मुद्दा र द्वन्द्वकालिन मुद्दाको छिनोफानो नगरी केहि हुदैन । पार्टी अघि बढाउन पनि सकिदैन । हामीलाई कंग्रेसले समर्थन गरेर सरकार बनाउने भएकाले एक नम्बर पार्टी बनाउन सरकारको नेतृत्वले सहयोग पुर्याउँछ ।
द्वन्द्वकालिन मुद्दाको विषयमा कांग्रेससँग तपाईहरुको कुरा मिलेको हो ?
निश्चय नै । हाम्रो नेतृत्वमा सरकार गठन हुँदा ती मुद्दाहरुका विषयमा हामी अरु भन्दा बढी गम्भीर बन्छौ भन्ने हो । हामीजति अरु संवेदनशील हुदैनन भने हामीले विगतमा वामपन्थी कोणबाट केपीजीलाई प्रधानमन्त्री बनाएका थियौं । मुद्दाहरु लगायत शान्ति प्रक्रियालाई पूरा गराउन उहाँले नसकेपछि आज हाम्रै नेतृत्वमा ती सबै मुद्दाहरु सल्ट्याए (स्वयै कांग्रेसका वरिष्ठतम् नेताहरु, एमालेका नेताहरु, तत्कालिन राज्य र विद्रोही) सबै द्वन्द्वकालिन मुद्दाहरुमा हामीले पहल लिनुपर्छ भन्ने निष्कर्षमा पुगेका हौ । शान्ति प्रक्रियाको एउटा हिस्सा कांग्रेस र एमाओवादी हो । हाम्रो नेतृत्वमा हामीले ती सबै कुराहरु टुङ्ग्याउनको लागि एमालेले पनि सहयोग गरोस । किनकी हामीले एमालेलाई धेरैपटक सहयोग गरेका छौं । झलनाथ, केपीजीलाई प्रधानमन्त्री बनाउन, माधब नेपाललाई संसदीय दलको नेता बनाउन हामीले सहयोग गरेका छौं । एमालेले एकपटक हामीलाई सहयोग गरोस हामी सहमतिको राष्ट्रिय सरकारको नेतृत्व गर्छाैं ।
आज संविधान मान्नेहरु गणतन्त्र र लोकतन्त्र मात्रै होइन संविधान मानेर जानुपर्छ । आज पनि कमल थापा सरकारमै बसेर राजतन्त्र आउनुपर्छ भनिरहेका छन् ? आज पनि संघीयता नमान्ने चित्रबहादुर केसीसँग सरकारमा सहकार्य भएकै छ, त्यसकारण सरकारमा गएर भविश्य संकटमा पर्छ भन्ने होइन ।
कांग्रेसको वर्तमान नेतृत्व संविधानको भावना विरुद्धको छ, धर्मनिरपेक्षता मान्दैनन् भन्ने आवाज उठेका छन्, संविधानकै प्रतिकूल रहेको नेपाली कांग्रेससँगको एकताले एमावादीको भविश्य संकटमा पार्दैन ?
हामी हाम्रो स्वतन्त्र निर्णयले चल्छौं । कतिखेर कोसँग मिल्दा या सहकार्य गर्दा देशको भविश्य र जनताको भविश्य सुनिश्चित हुन्छ त्यो हाम्रो पार्टीको आधार हुन्छ । संघीयता एमालेको एजेण्डा थिएन भनेर बारम्बार केपीजी बोल्नुभएकै हो । आज संविधान मान्नेहरु गणतन्त्र र लोकतन्त्र मात्रै होइन संविधान मानेर जानुपर्छ । आज पनि कमल थापा सरकारमै बसेर राजतन्त्र आउनुपर्छ भनिरहेका छन् ? आज पनि संघीयता नमान्ने चित्रबहादुर केसीसँग सरकारमा सहकार्य भएकै छ, त्यसकारण सरकारमा गएर भविश्य संकटमा पर्छ भन्ने होइन । हामी शान्ति प्रक्रिया पुननिर्माण गर्ने र देशलाई आर्थिक सामाजिक रुपमा स्थीर बनाउँदै समृद्धिको बाटो तर्फ लाने सर्तमा हामीले जरुरी पर्दा सरकारको नेतृत्व लिन चाहेका हौं ।
जारी भएको संविधान कार्यान्वयन हुन सकेको छैन, फेरि नयाँ सरकारको दौडधुपले संविधान कार्यान्वयनमा झन अन्योलता बढाउँदैन र ?
त्यसो नहोस भनेर हामीले राष्ट्रिय सरकारको कुरा गरेका हौं । तर कांग्रेस आफ्नै कारणले बाहिर रह्यो । आज पनि एमालेको नेतृत्वमा कांग्रेस नआउने, कांग्रेसको नेतृत्वमा एमाले नजाने स्थिति छ यस्तो अबस्थामा कांग्रेसले हाम्रो नेतृत्वमा आउन तयार भएपछि एमाले लगायतका सबै पार्टी सरकारमा आउनुपर्छ र संविधान कार्यान्वयन गराउन सहयोग गर्नुपर्छ । शान्ति प्रक्रियाको वाँकी काम सम्पन्न गर्न हाम्रो नेतृत्वमा सरकार गठन हुन लागेको हुँदा सबैलाई सहयोग गर्न हाम्रो आग्रह हो ।
हिजो केपी ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा यहाँहरुले भारत र चीनको सन्तुलन मिलाउनुभएको थियो अब के हुन्छ ?
नेपालको परिवर्तन नेपालीले गर्ने हो । नेपालको विकास नेपाली आफैले गर्ने हो । छिमेकीहरुको सद्भाव र विश्वास लिएर अघि बढ्दा धेरै सहज हुन्छ । यसमा सरकार कसको इन्ट्रेसमा फेर्ने, राख्ने भन्ने सोचियो भने हामी जनताको पार्टी र नेता हुदैन । देश र जनताको लागि काम गर्ने हो, सबैपक्षसँग मिलाएर गरिन्छ ।
एमाओवादीले शान्ति प्रक्रियामा आइसकेपछि सबै निर्णयहरु अल्पकालिन गरेको जस्तो देखिन्छ, यो सरकार परिवर्तनमा एमाओवादीको निर्णय यस्तै अल्पकालिन निर्णय हो भनेर भनिन्छ, दीघकालिन योजना निर्माणमा एमाओवादी किन चुक्दै गएको ?
हामीलाई त्यस्तो लाग्दैन । हामी आफ्नै रणनीति र कार्यनीतिमा छौं । हामीले शान्ति प्रक्रियालाई मूल रुपले सम्पन्न गर्ने गरी काम गरिरहेका छौं । परिवर्तनलाई आत्मसाथ गरेका छौं । माओवादी भनेको माओवादी हो जनयुद्धको बेलामा पनि आफ्नै विचारले गर्यौं । संविधान निर्माणमा पनि धेरै दबाबका वावजुद पनि सबै शक्ति लगाएका थियौं । सरकार बनाउँदा पनि कांग्रेसले धोका दिँदा पनि हामीले सहयोग गरेकै हो । माओवादीको आफ्नै रणनीति छ त्यही अनुसार काम गरेका छौ यसरी बुझ्दा राम्रो हुन्छ ।
तर, बाबुराम भट्टराई प्रधानमन्त्री बनाएर सेना विघटन र संविधानसभा विघटन गराउन उनीहरुले भूमिका खेले भन्ने आरोप लगाइन्छ, फेरि कांग्रेससँग एकता गरेर कांग्रेसको चालबाजीमा किन फस्न लागेको ?
कांग्रेसको त्यस्तो चालबाजी हो जस्तो लाग्छ तर, हामी कांग्रेसका सबै कुरा मान्नै पर्छ भन्नेमा छैनौं । सेना समायोजन गर्नुथियो गरियो त्यहाँ केही कमजोरी भएका पक्कै थिए । शान्ति प्रक्रियाको वाँकी काम कसै न कसैले गर्नैपर्छ । कांग्रेसले चालवाजी गर्यो भने आफै फस्छ, हामी त देश र जनताको पक्षमा काम गर्छाै । त्यसको विरुद्ध चालवाजी रचेको थाहा पायौ भने उसँग पनि बस्दैनौ त्यसकारण अहिले नै चालवाजी गर्यो भनेर तर्सिने प्रवृत्ति बेठिक हो ।
एकतामा आउने साथीहरुसँग पनि यो राजनीतिको बारेमा छलफल गरेका छौं । सरकार परिवर्तन या सरकार रहनु नरहनुले हाम्रो एकतालाई प्रभाव पार्दैन । म आफै स्वस्थ्थ भएपछि सबै माओवादीसँग एकताका लागि जोडले लागिपरेको छु ।
त्यसो भए, एमाओवादीले रणनीतिक रुपले सरकारको नेतृत्वगर्न लागेको छ भनेर बुझ्दा हुन्छ ?
रणनीतिक रुपमा कसरी हुन्छ र कांग्रेसको आफ्नै नीति छ हाम्रो साम्यवादमा पुग्ने योजना छ । तर कार्यनीतिका रुपमा शान्ति प्रक्रियाका वाँकी कामहरु सहीद बेपत्ता घाइते र अपाङ्गहरुलाई राहत दिने विगतकामुद्दा फिर्ता लिने र संक्रमणकालिन न्यायलाई निश्चित प्रक्रियाबाट टुङ्ग्याउने अधिकतम मानिसले स्वकार्ने बनाउने, आन्दोलनरत दललाई सहमतिमा ल्याउने शान्ति स्थीरताको वातावरण बनाएर आर्थिक समृद्धितिर जाने विषयमा कांग्रेससँग सहमति भएकाले नै हामी सरकारमा सँगै बस्ने भएका हौं ।
तपाइ केहि समय अस्वस्थ भएर राजनीतिको केन्द्रमा हुनुहुन्थेन तर अहिले फेरि सक्रियता ह्वात्तै बढेको छ, राजनीतिको किङमेकर भनेर चिनिने तपाइले नै सरकार परिवर्तनको लागि जोड गर्नुभएको भन्छन नी ?
शुभचिन्तक समर्थक आफन्त सबैको प्रेरणाले म स्वस्थ भएको छु । अहिले म देश जनताका लागि फेरि क्रियाशील भएका लागेको पक्कै हो । मेरो ज्यान नेपाली जनताको उन्नति र प्रगतिमा लागिपर्ने मेरो पुरानो प्रतिवद्धता हो । जहाँसम्म किङमेकर कुरा छ, पार्टीको लागि जनताको लागि मैले पार्टीको निर्णय अनुसार काम गर्दै आएको छ । अहिलेपनि पार्टीका कतिपय अडान अनुसार सरकारका काम भएन अपेक्षा अनुसार काम गरेनन भन्ने हो । अहिले समीकरण परिवर्तनको बेलामा बामपन्थीहरु पनि टाढा नजाउ, र कांग्रेसलाई पनि विश्वासमा लिएर शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउ भन्नेमा मेरो सक्रियता बढेको साँचो हो । म त्यसमा पार्टी अध्यक्षकै निर्देशन अनुसार लागेको हुँ ।
एमाओवादी पार्टीहरुबीचको एकता प्रक्रियालाई सरकार परिवर्तनसँग जोडेर हेर्न थालिएको छ नी ?
एकतामा आउने साथीहरुसँग पनि यो राजनीतिको बारेमा छलफल गरेका छौं । सरकार परिवर्तन या सरकार रहनु नरहनुले हाम्रो एकतालाई प्रभाव पार्दैन । म आफै स्वस्थ्थ भएपछि सबै माओवादीसँग एकताका लागि जोडले लागिपरेको छु । विभिन्न समूहको साथीहरुसँग भेटघाट गर्ने अध्यक्षलाई जानकारी दिने गरेको छु । एकतालाई उपयुक्त वातावरण म क्रियाशील छु । सरकार परिवर्तनले हाम्रो एकतालाई असर गर्दैन । हामी छिट्टै एकताको घोषणा गर्छाैं ।
Finance Minister Pun attends NBPA General Assembly
posted Sep 15, 2011, 10:15 PM by NBPA NBPA [ updated Sep 21, 2011, 1:06 AM ]
The NBPA Annual General Assembly took place at the 14th and 15th of September 2011. During these two days biogas companies from all over the country gathered in Kathmandu for the election of the new NBPA Board. NBPA Chairman Mr. Krishna Subedi and Executive Director Mr. Mohan Raj Sharma invited more than 80 member companies, partners and international organizations. At the first day the Inauguration Ceremony was attended by Finance Minister Barsha Man Pun who highlighted in his speech the importance of a investment friendly environment: "It is necessary to ensure the security of invenstments in the country", the Finance Minister said. Also, Mrs. Claudia Polzer, Deputy Country Manager GIZ, was attending the Inauguration Ceremony. She pointed out the significant role of the private sector in Nepal and the commitment of GIZ in this sector. NBPA was informing about its activities At the 17th Annual Genereal Assembly NBPA presented an exibition about its own activities in the fields of R&D, Internal Quality Control Mechanism, Communication, Women and Biogas, and its six regional offices. The exibition was well received by the audience and former Minister of Environment, Science and Technology Mr. Ganesh Saha commended the communication work of NBPA. In their presentation Mr. Bikash Adhikari and Mr. Matthias Tuchschmid were informing about latest R&D activities, e.g. Bag Digester, ARTI Plant and the PREIP Project. Many companiy owners were attracted by the topic of R&D and spent their time discussing with the NBPA R&D team. New Board members have been elected by the companies At the second day of the General Assembly the election day took place. At that day the companies also took the chance to inform about their own activities and to participate in the NBPA photo shooting for the new NBPA website. All companies discussed the possible options for the elections and spent the afternoon with the participating in the election procedure. Finally, the new NBPA Chairman Mr. Loknath Ghimire had been elected.
|
तल को बक्समा क्लिक गर्नुहोस
Interview With Barsha Man Pun "Ananta" - UCPN Maoist Leader
Reviewed by Guru
on
7:22 AM
Rating:
No comments: