Why dead snake slaughter
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
![]() |
किन मरे भकाभक सर्प ?
-
, धादिङ
वैशाख २०, २०७३- कटुन्जेका बासिन्दाले गत सोमबार बिहानै गाउँको खानेपानी मुहानमा नागपूजा गरे । मूल सुकेपछि भएको पानी अभाव हट्ने विश्वासमा स्थानीय बासिन्दाले नागपूजा गरेका थिए ।
तर साँझपख मुहान वरपर थुप्रै संख्यामा मरेका सर्प भेटिएपछि स्थानीय अचम्ममा परेका छन् ।
भूकम्पपछि एक्कासि मूल बढे पनि काउलीबासे धारामा विस्तारै पानी सुक्दै गएको थियो । यही वैशाख १२ पछि त मूल नै ठप्प भयो । त्यसपछि त्यहाँ भएका सर्पहरू मर्दै गएको स्थानीय वीरबहादुर राम्जालीले बताए ।
एक साताको बीचमा सयभन्दा बढी सर्प मरेपछि ‘अनिष्ट’ को आशंकामा त्रसित बनेको स्थानीय बासिन्दाले बताएका छन् । रातो रंगको र पुच्छर बोधो भएका ती सर्प कहिलेकाही पानी मुहान वरपर निस्कने गर्थे । तिनलाई स्थानीयले ‘नागदेवता’ को रूपमा मान्दै आएका थिए ।
ती सर्पहरू पानीको मूल सुकेका कारण या जंगलमा सल्केको डढेलोका कारण तापक्रम अत्यधिक बढेकाले मरेका हुन् भन्नेबारे भने स्पष्ट भएको छैन । स्थानीय बूढापाकाहरू भने ती सर्पहरू पानी खान नपाएका कारण मरेको बताउँछन् ।
स्थानीय कटुञ्जेवासीले मरेका सबै सर्प एकै ठाउँमा जम्मा गरी राखेका छन् । मरेका सर्पको थुप्रो हेर्न टाढा–टाढाबाट समेत मान्छेहरू आउन थालेका छन् । अहिले मरेका सर्प सुकेको अवस्थामा छन् । लामो समयको खडेरी र जंगल विनाशका कारण पानीका मुहान सुक्दै जान थालेपछि अहिले स्थानीय बासिन्दा पिउने पानीको समेत चरम समस्या बेहोरिरहेका छन् ।
http://bit.ly/1SUPdCg
तल को बक्समा क्लिक गर्नुहोस
![]() |
Why dead snake slaughter
Reviewed by Guru
on
10:12 PM
Rating:
No comments: