Cooked chicken meat to be pre- wetted - pakhaligarda bephaidaharu
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
विशिष्ट स्वास्थ्य एजेन्सीहरुका अनुसार, कुखुराको मासु पकाउनु पुर्व कहिल्यै पनि धोइपखाली गर्नुु हुँदैन ।
लाखौ मानिसहरु हरेक दिन कुखुराको मासु खानेगर्छन् । उनीहरुमध्ये धेरै जनाले मासु घरमै पकाउँछन् । तर उनीहरुमध्ये धेरैलाई थाहा छैन यसरी कांचो मासु पकाउनु भन्दा पहिले पखाल्नाले खतरनाक जिवाणुपनि मानव शरीरमा प्रवेश गर्न सक्छ र जसका कारण भयानक रोगको सिकार हुन सकिन्छ ।
संयुक्त अधिराज्य अमेरिकामा धेरैजसो कुखुरालाई मनपर्ने खोराकको रुपमा मकै र भटमासबाट निर्मित अप्राकृतिक दाना खुवाइन्छ जसका कारण यी निमुखा पंक्षीहरुको जिवन अति दैनिय हुन्छ । हुनत कुखुराको यस्तो अवस्था ठूलाठूला कुखुरा फार्ममा मात्र हुने गर्छ जहाँ रोग सहजै आदानप्रदान हुनसक्छ ।
तर अहिले संयुक्त अधिराज्य अमेरिकाका विशिष्ट स्वास्थ्य संस्थाले आफ्ना नागरिकहरुलाई कुखुराको कांचो मासुलाई आफ्नो भान्साको सिङ्कमा नधुन चेतावनी जारी गरेको छ किनकी यसो गर्दा अप्रत्यासित परिणाम आइलाग्न सक्छ ।
यूनाईटेड किङडम एजेन्सीले जनहितका लागि आफ्नो परिवारको सदस्यहरुलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा सल्लाह सुझाव समेत प्रकाशित गरेको छ ।
वास्तवमा, आन्द्रालाई बलियो तथा रोगप्रतिरक्षात्मक बनाउनका लागि लसुन तथा नरिवलको तेल जस्ता किटाणुनासक खानेकुरा खानाले हानिकारक जिवाणुलाई परै राख्न सकिन्छ ।
तर यदि तपाईंलाई स्वस्थकर खाना नखाने मानिसहरु र घरमा कुखुराको मासु पकाएर खाने मानिसहरुका बारेमा जानकारी छ भने फुड स्टाण्डर्डस एजेन्सीले हालै कुखुराको कांचो मासु घरको सिंकमा धुनुहुँदैन भनेर सुझाएको कुरा लाभदायक हुन सक्छ ।
कुखुराको मासुलाई घरको सिंकमा पखाल्नाले क्याम्फीलोबाक्टर भन्ने खानाजन्य भाइरस फैलिन सक्छ । ’यूनाइटेट किङडम तथा यूके मा खानाहरु विषादी हुनुमा साधारणतया यो भाइरसको प्रमुख भूमिका रहन्छ,’ एजेन्सीले आफ्नो वेभसाईटमा उल्लेख गरेको छ । ’यो अति हानिकारक हुनसक्छ ।’
एजेन्सीको रिपोर्ट अनुसार, यूनाइटेड किङडममा हरेक वर्ष करिव यो क्याम्फीलोबाक्टर का कारण खाना विषादीहुने घटाणहरु करिव दुईलाख २८ हजार दर्ता हुने गर्छ । एजेन्सीको अध्ययन अनुसार, खाना तयार गर्ने तरखरमा हरेक पाँचजना भान्सेहरु मध्ये दुईजनाले कुखुराको मासु सिंकमा धुने गर्छन् तर यसो गर्नाले यो क्याम्फीबाक्टर भन्ने जिवाणु छालामा, भान्साको र्याकमा, लगाएको कपडा लगायतका सतहमा फैलिन सक्छ ।
संयुक्त राज्य अमेरिकामा दश लाख ३० हजार मानिसहरु प्रत्येक वर्ष बाक्टेरियाका कारण झाडापखाला तथा अन्य पेटजन्य समस्याको सिकार हुन पुग्छन् । सेन्टर फर डिजीज कन्ट्रोल (सिडीसी) ले आफ्नो रिपोर्टमा यो पनि उल्लेख गरेको छ कि प्रत्येक वर्ष करिव ७६ जना मानिसहरु संक्रमणका कारण मर्ने गर्छन् । फुड एन्ड ड्रग एडमिनीस्टे्रशन (एफडीए) ले उल्लेख गरे अनुसार र रोडाल अर्गेनिक इन्स्टीट्यूटका अनुसार, मासु पखाल्दा किटाणुहरु प्रायजसो फैलिने गर्छ ।
त्यसो भए के गर्दा राम्रो हुन्छ त ?
यदि तपाईलाई कुखुराको मासु नखाई हुँदैन भने प्राकृतिक आहार सेवन गर्ने र रोगबेथा सार्ने बातावरणमा नहुर्किएको कुखुराको मासु खानु पर्छ । हामी मध्ये जोकोही पनि जिवाणु तथा किटाणुदेखि डराउँछौं तसर्थ माथि उल्लेख गरिएको दुई प्राक्रितिक खानेकुरा मकै र भटमास सेवन गरेर हुर्काइएको कुखुराको मासु भए सम्म खाने गर्दा रोगबेथा लाग्नबाट बचिन्छ ।
तसो भए कुखुराको मासु कसरी तयार पार्नु पर्छ त ?
१. कांचो मासुलाई छोप्नुहोस् र यसलाई फ्रीजमा राख्नुहोस्
कांचो मासुबाट पानी तथा रस अन्य खानेकुरामा नचुहिएयोस् भन्ने हेतुले यसलाई फ्रीजको तल्लो तहमा राख्नुपर्छ जसका कारण विषादी तथा क्याम्फीलोबाक्टरले अरु खानेकुरालई विषादी बनाउन पाउँदैन ।
२. कांचो मासुलाई धुनुहुन्न
मासुमा भएको क्याम्फीलोबाक्टर लगायतका जिवाणुहरु पकाउँदा आपसेआप नष्ट हुन्छ तर यसलाई धुँदा यी जिवाणुहरु फैलिन सक्ने संभावना अत्यधिक हुन्छ ।
३. प्रयोग भएको भांडाकुडा सफासँग पखाल्नुहोस्
भांडाकुडा, चपिङबोर्ड, कांचो मासु काटकुट गरेको स्थान लगातलाई सफासँग पखाल्नुहोस् । कांचो मासु छोइसकेपछि आफ्नो हातलाई साबुन र तातो पानीले सफा गर्नुहोस् । यसले क्याम्फीलोबाक्टर लगायतका जिवाणुलाई फैलिन दिदैन ।
४. कुखुराको मासुलाई राम्ररी पकाउनुहोस्
मासु पस्किने बेलामा पनि यसबाटा बाफ आइरहेको हुनुपर्छ । यसको अर्थ के हो भने चिसो होइन तातो मासु खानु पर्छ । मासु मज्जाले पाकेको हुनुपर्छ । कतिपय अवस्थामा र कतिपयले कुखुराको मासुको भित्रि भाग गुलाबी रङ भएकै बेला खाने गरेको पाइन्छ । तर यस्तो मासुलाई कांचो मानिन्छ र यो मासु खानाले जिवाणुले अक्रमण गर्न सक्ने संभावना अत्यधिक रहन्छ
तल को बक्समा क्लिक गर्नुहोस
Cooked chicken meat to be pre- wetted - pakhaligarda bephaidaharu
Reviewed by Guru
on
2:56 AM
Rating:
No comments: