Nepal Petroleum : How many years would be
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
जेष्ठ २५, २०७३- जेठको पहिलो हप्ता नेपालका सञ्चार माध्यममा नेपालको पेट्रोलियम खानीसम्बन्धी केही समाचारहरू प्रमुखतासाथ छापिए ।
एउटा समाचार थियो, उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ र नेपालीसहितको प्राविधिक टोलीले दैलेख, सुर्खेत, बुटवल, पाल्पा, चतरा, बराह क्षेत्र र मोरङको राधानगरमा अध्ययन-अनुसन्धान गरिसकेर फर्केको र नेपाल सरकारलाई प्रतिवेदन बुझाउन लागेको । अर्को थियो, प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ, ‘दुई वर्षमा नेपालकै पेट्रोल’ ।
भर्खरै भारतको नाकाबन्दीबाट तङ्ग्रिन लागेको नेपालीका लागि योभन्दा सुखद समाचार अर्को के हुनसक्छ ? तर एउटा भूगर्भविद र पेट्रोलियम खानीसम्बन्धी थोरैमात्र पनि ज्ञान भएको व्यक्तिलाई यी समाचार पढ्दा केही असहज महसुस भएको छ ।
पहिलो समाचारमा भनिएझैं एक हप्ताको स्थलगत भ्रमणबाट पेट्रोलियम खानी अध्ययन-अनुसन्धान सम्भव छैन । दोस्रो, दुई वर्षमा नेपालकै पेट्रोल प्रयोग गर्न प्राविधिक दृष्टिले असम्भव छ । साँच्चिकै नेपालको पेट्रोलियम उत्खनन र प्रयोगमा कति वर्ष लाग्ला त ?
यस लेखमा पेट्रोलियम खोजीदेखि प्रयोगसम्म आइपुग्दा पार गर्नुपर्ने जटिल प्रक्रिया र यसका लागि लाग्ने अनुमानित समयावधिका बारेमा चर्चा गरिएको छ । पेट्रोलियम खानीको अन्वेषणदेखि उत्पादन र बजारीकरणसम्मको प्रक्रिया अत्यन्त जटिल, महङ्गो र समय लाग्ने प्रक्रिया हो ।
पेट्रोलियम उत्पादन जीवन चक्रलाई अपस्ट्रिम, मिडस्ट्रिम र डाउनस्ट्रिम प्रक्रिया गरी ३ तह विभाजन गरिएको छ र जीवन चक्रमा प्रोस्पेक्टिङ (अन्वेषण), पहुँच स्थापना, ड्रिलिङ, डेभलपमेन्ट एन्ड प्रोडक्सन, ढुवानी, प्रशोधन र बिक्री-वितरण गरी जम्मा ७ खुड्किला पार गर्नुपर्ने हुन्छ ।
१. प्रोस्पेक्टिङ (अन्वेषण)
प्रोस्पेक्टिङ (अन्वेषण) वा खोजीकार्य पेट्रोलियम उत्पादनको प्रारम्भिक र सबैभन्दा जटिल कार्य हो ।
प्रोस्पेक्टिङ (अन्वेषण) वा खोजीकार्य पेट्रोलियम उत्पादनको प्रारम्भिक र सबैभन्दा जटिल कार्य हो ।
यसका लागि भूगर्भविद (जियोलोजिस्ट), भूभौतिकविद (जियोफिजिसिस्ट), भूरसायनविद (जियोकेमिस्ट), पेट्रोकेमिस्ट, ड्रिलर, माइन्रि इन्जिनियर, रसायनविद आदिको संलग्नता आवश्यकता पर्छ । पेट्रोलियम खानी सामान्यतया जमिनदेखि १ किमिदेखि १० किमिसम्म गहिराइमा रहेका हुनसक्छन् ।
कहिलेकाहीं प्राकृतिक ग्यास र कच्चा तेल जमिनमुनिको अत्यधिक चापका कारण छिद्र र दरारहरूमार्फत जमिनसम्म रसाएर पनि आइपुगेको हुन्छ । यसले जमिनमुनि कहीं पेट्रोलियम खानी भएको संकेत त गर्छ, तर कति टाढा र गहिराइमा उक्त खानी छ भन्ने यकिन संकेत गर्दैन ।
उदाहरणका लागि नेपालको दैलेख जिल्लाका श्रीस्थान, नाभिस्थान र पादुकास्थान लगायतका ४५ ठाउँबाट प्राकृतिक ग्यास र कच्चा तेल रसाएको भेटिएको छ । तर यसको अर्थ पेट्रोलियम खानी दैलेखको सतहमुनि नै हुनुपर्छ भन्ने छैन । यो अन्य कतै कैयौं किमि टाढाबाट बहेर आएको पनि हुनसक्छ ।
पेट्रोलियम खानी बन्नका लागि तीनवटा कुराको आवश्यकता पर्छ । जैविक पदार्थले भरिपूर्ण स्रोत चट्टान (सोर्स रक), तरल र ग्यास पदार्थहरू जम्मा भएर बस्न सक्ने छिद्रहरू भएको चट्टान (रिजरभ्वायर रक) र तेल जमिन सतहमा निस्कनका लागि रोक्ने छिद्रहरू नभएको ढकनीको रूपमा काम गर्ने चट्टान (क्याप रक) ।
स्रोत चट्टानमा पेट्रोलियम पदार्थ बन्छ र यो छिद्रहरू भएको चट्टानमार्फत सयौं किमिसम्म टाढा बहेर जान्छ र ढकनीको रूपमा काम गर्ने चट्टान (क्याप रक) को मुनि जम्मा भएर बस्छ । भण्डारण भएर बस्ने ठाउँलाई पेट्रोलियम ट्रयाप भनिन्छ ।
भौगर्भिक नक्सांकन
प्रोस्पेक्टिङको पहिलो चरणमा सम्भावित क्षत्रको भौगर्भिक नक्साङ्कन गरिन्छ । यसका लागि जमिनको सतहमा देखिएका चट्टानहरूको कम्पोजिसन, स्ट्रक्चर, उत्पत्ति र उमेरका बारेमा जाँच गरिन्छ ।
प्रोस्पेक्टिङको पहिलो चरणमा सम्भावित क्षत्रको भौगर्भिक नक्साङ्कन गरिन्छ । यसका लागि जमिनको सतहमा देखिएका चट्टानहरूको कम्पोजिसन, स्ट्रक्चर, उत्पत्ति र उमेरका बारेमा जाँच गरिन्छ ।
उक्त क्षेत्रमा स्रोत चट्टान, रिजर्भोयर चट्टान तथा क्याप रक छ वा छैन, पेट्रोलिय बन्नका लागि चाहिने तापक्रम पुगेको छ वा छैन र तिनको जमिनमुनिको फैलावट कस्तो छ भन्ने अनुमान लगाइन्छ । हाल पेट्रोलियम सम्भावना देखिएको चुरेक्षेत्र ३६ जिल्लामा फैलिएको छ र लगभग १८ हजार ८ सय ६० वर्ग किमि ओगटेको छ ।
खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाले विभाजन गरेको चुरेको १० खण्डमध्ये एक खण्डमा मात्र भौगर्भिक नक्साङ्कन गर्न १० जना भूगर्भविदलाई लगभग ६ महिना लाग्छ । वर्षको ६ महिनामात्र स्थलगत सर्वेक्षण गर्न उपयुक्त समय मानिन्छ ।
यस हिसाबले एक वर्षसम्म १० जना भूगर्भविदले लगातार काम गर्ने हो भने एउटा खण्डको नक्साङ्कन, तथ्याङ्कलाई प्रोसेसिङ, क्रस सेक्सन निर्माण तथा पेट्रोलयम खानी हुनसक्ने सम्भावित ठाउँको पहिचान गर्नसक्ने देखिन्छ । सबै खण्डको अध्ययन गर्न लगभग १०० जना भूगर्भविदले एक वर्षसम्म अनवरत कार्य गर्नुपर्ने हुन्छ ।
जियोफिजिकल सर्भे
जमिनको सतहमा देखिने भौगर्भिक प्रमाणका आधारमा अनुमानित खानीको अवस्थिति सही नहुन सक्छ । प्राय: पेट्रोलियम खानी धेरै गहिराइमा हुन्छन्, यसलाई थप यकिन गर्न अन्य विधि अपनाउनुपर्ने हुन्छ ।
जमिनको सतहमा देखिने भौगर्भिक प्रमाणका आधारमा अनुमानित खानीको अवस्थिति सही नहुन सक्छ । प्राय: पेट्रोलियम खानी धेरै गहिराइमा हुन्छन्, यसलाई थप यकिन गर्न अन्य विधि अपनाउनुपर्ने हुन्छ ।
यसमा जियोफिजिकल सर्भे जस्तै- ग्राभिटी, म्याग्नेटिक र सेस्मिक सर्वेक्षण विधि बढी प्रभावकारी हुन्छन् । भूभौतिकी सर्भेक्षणमा उच्च प्रविधि, दक्ष तथा अनुभवी जनशक्ति र ठूलो बजेटको आवश्यकता पर्छ भने स्थलगत सर्भेक्षण तथा तथ्याङ्क प्रशोधनका लागि लामो समय लाग्छ ।
यसैका आधारमा ड्रिलिङ गर्ने वा नगर्ने र कुन-कुन ठाउँंमा ड्रिलिङ गर्ने भन्ने यकिन गरिन्छ । जियोफिजिकल सर्भेक्षणका लागि यति नै समय लाग्छ भनेर अनुमान गर्न गाह्रो छ ।
जियोकेमिकल (भूरासायनिक) सर्भे
भूभौतिकी सर्भेसँगै भूरासायनिक सर्भेक्षण पनि उत्तिकै जरुरी हुन्छ । यसमा भूमिगत पानीमा हाइड्रो कार्वन र ग्यासको मात्रा कति छ भनेर जाँचिन्छ । साधारणतया पेट्रोलियम खानीको नजिकको पानीमा अन्य ठाउँको पानीभन्दा हाइड्रो कार्वन र ग्यासको मात्रा बढी हुन्छ ।
भूभौतिकी सर्भेसँगै भूरासायनिक सर्भेक्षण पनि उत्तिकै जरुरी हुन्छ । यसमा भूमिगत पानीमा हाइड्रो कार्वन र ग्यासको मात्रा कति छ भनेर जाँचिन्छ । साधारणतया पेट्रोलियम खानीको नजिकको पानीमा अन्य ठाउँको पानीभन्दा हाइड्रो कार्वन र ग्यासको मात्रा बढी हुन्छ ।
धेरै ठाउँको पानीको जाँच गरेपछि मात्र कतातिर हाइड्रो कार्वन र ग्यासको मात्रा बढिरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ । सबै किसिमका सर्भेक्षणबाट एकैठाउँमा पेट्रोलियम खानी भएको सम्भावना देखियो भने ड्रिलिङ गर्न सकिने सम्भावित ठाउँहरू यकिन गरिन्छ ।
२. पहुँच स्थापना
भौगर्भिक नक्साङ्कन, भूभौतिकी तथा भूरासायनिक सर्भेबाट पेट्रोलियम खानीको सम्भावना प्रमाणित भएपछि ड्रिलिङ तथा अन्य विकासका कार्य अगाडि बढाउनका लागि ड्रिलिङ गरिने स्थानमा पहुँच स्थापना जरुरी हुन्छ ।
भौगर्भिक नक्साङ्कन, भूभौतिकी तथा भूरासायनिक सर्भेबाट पेट्रोलियम खानीको सम्भावना प्रमाणित भएपछि ड्रिलिङ तथा अन्य विकासका कार्य अगाडि बढाउनका लागि ड्रिलिङ गरिने स्थानमा पहुँच स्थापना जरुरी हुन्छ ।
यसका लागि जग्गा अधिग्रहण, पहुँचमार्ग निर्माण, विद्युत लाइन विस्तार आदि कार्य जरुरी हुन्छ । साथै थुप्रै बजेट र समयको आवश्यकता पर्छ । नेपालको अनुभवमा छिटो काम भएमा पनि कम्तीमा १ वर्ष यस कार्यमा लाग्ने देखिन्छ ।
३. ड्रिलिङ
सम्भावित नयाँ ठाउँमा प्रथमपटक ड्रिलिङ गरी पेट्रोलियम खानी छ कि छैन भनी पक्का गरिन्छ । यसलाई सबैभन्दा जोखिमपूर्ण लगानी मानिन्छ ।
सम्भावित नयाँ ठाउँमा प्रथमपटक ड्रिलिङ गरी पेट्रोलियम खानी छ कि छैन भनी पक्का गरिन्छ । यसलाई सबैभन्दा जोखिमपूर्ण लगानी मानिन्छ ।
वाइल्डक्याट ड्रिलिङको सफलता दर १० देखि २५ प्रतिशतमात्र रहेको छ । यसको मतलव १० वटा ड्रिलिङ गर्दा १ देखि २.५ कुवामा मात्र पेट्रोलियम भेटिने सम्भावना रहन्छ । आधुनिक प्रविधि, अति अनुभवी र दक्ष जनशक्ति प्रयोग गरी अध्ययन गरेको ठाउँमा पनि ड्रिलिङको सफलता दर ५० प्रतिशतमात्र रहेको छ ।
अहिलेको अन्तर्राष्ट्रिय अनुभवका हेर्ने हो भने गहिराइअनुसार एउटा कुवा ड्रिलिङ गर्न १० लाख डलरदेखि १ करोड ५० लाख डलरसम्म लाग्न सक्छ । यसैबाट अनुमान लगाउन सकिन्छ, यो कति जोखिमपूर्ण र महङ्गो छ भन्ने ।
४. डेभलपमेन्ट एन्ड प्रोडक्सन
ड्रिलिङ गर्दा यदि कुनै कुवामा पेट्रोलियम पदार्थ भेटियो भने त्यसपछि यसमा कति मात्रामा र कस्तो गुणस्तरको कच्चा पेट्रोलियम छ भन्ने वास्तविक तथ्य पत्ता लगाउनुपर्ने हुन्छ ।
ड्रिलिङ गर्दा यदि कुनै कुवामा पेट्रोलियम पदार्थ भेटियो भने त्यसपछि यसमा कति मात्रामा र कस्तो गुणस्तरको कच्चा पेट्रोलियम छ भन्ने वास्तविक तथ्य पत्ता लगाउनुपर्ने हुन्छ ।
यसका आधारमा यहाँबाट तेल निकाल्नु आर्थिक दृष्टिले फाइदाजनक र दिगो छ भन्ने प्रमाणित भएपछि मात्र उत्पादनको प्रक्रिया थालिन्छ । उत्पादन सुरु गर्नु अगाडि तेल कुवाको
विकास गर्नुपर्ने हुन्छ ।
विकास गर्नुपर्ने हुन्छ ।
सबभन्दा पहिले कुवामा धातु वा सिमेन्टको केसिङ राख्नुपर्ने हुन्छ, जसले एकातिर कुवालाई पुरिन दिँदैन भने अर्कोतिर भूमिगत पानी बहेर तेलको कुवामा मिसिनबाट जोगाउँछ ।
केसिङ राखिसकेपछि तेल भएको सतहभन्दा तलको भागमा विष्फोट वा अन्य विधिबाट चट्टानलाई फुटाइन्छ, जसले गर्दा तेल सजिलैसँग बहेर कुवामा जम्मा हुनसक्छ । यसपछि मात्र तेललाई जमिनको सतहसम्म तान्ने प्रक्रिया सुरु हुन्छ ।
यदि तेल भण्डारण भएको स्थानमा अत्यधिक चाप छ भने तेल आफ्नै चापका कारण १५ प्रतिशतजति तेल जमिनसम्म आफै बहेर आउँछ । बाँकी तेललाई पम्प गहिराइसम्म पुर्याएर तान्नुपर्ने हुन्छ । यति गहिराइबाट तेल तान्नका लागि विशेष किसिमका पम्पहरूको आवश्यकता पर्छ ।
५. ढुवानी
तेल कुवा प्राय: दुर्गम क्षेत्रमा हुन्छन् र यहांँ निकालिएको कच्चा तेल अलि सुगम ठाउँमा स्थापना गरिएको प्रशोधन केन्द्रसम्म ढुवानी गर्नुपर्ने हुन्छ । ढुवानी गर्न यात ठूला तेल ट्याङ्कर प्रयोग गर्नुपर्ने हुन्छ या पाइप लाइन विछ्याउनुपर्ने हुन्छ ।
तेल कुवा प्राय: दुर्गम क्षेत्रमा हुन्छन् र यहांँ निकालिएको कच्चा तेल अलि सुगम ठाउँमा स्थापना गरिएको प्रशोधन केन्द्रसम्म ढुवानी गर्नुपर्ने हुन्छ । ढुवानी गर्न यात ठूला तेल ट्याङ्कर प्रयोग गर्नुपर्ने हुन्छ या पाइप लाइन विछ्याउनुपर्ने हुन्छ ।
६. प्रशोधन
कच्चा तेलमा साधारणतया तेल, ग्यास, पानी, हिलोमाटो र अन्य प्रदूषित पदार्थको मिश्रण रहेको हुन्छ । प्रशोधन केन्द्रमा यी पदार्थलाई डिस्टिलेसन, क्र्याकिङ प्रक्रियाबाट विभिन्न किसिमका पेट्रोलियम पदार्थमा छुट्याइन्छ । ग्यासलाई छुट्याइसकेपछि कम्प्रेसरको माध्यमबाट तरल अवस्थामा परिणत गरिन्छ ।
कच्चा तेलमा साधारणतया तेल, ग्यास, पानी, हिलोमाटो र अन्य प्रदूषित पदार्थको मिश्रण रहेको हुन्छ । प्रशोधन केन्द्रमा यी पदार्थलाई डिस्टिलेसन, क्र्याकिङ प्रक्रियाबाट विभिन्न किसिमका पेट्रोलियम पदार्थमा छुट्याइन्छ । ग्यासलाई छुट्याइसकेपछि कम्प्रेसरको माध्यमबाट तरल अवस्थामा परिणत गरिन्छ ।
तेललाई पनि प्रशोधन गरेर आवश्यकताअनुसार उच्चकोटीको हवाइजहाज इन्धन, मट्टितेल, पेट्रोल, डिजेल, हिटिङ आयल, लुब्रिकेन्ट आदिमा परिणत गरिन्छ । प्रशोधनपछि बाँकी रहेको ठोस पदार्थ अलकत्रको रूपमा प्रयोग हुन्छ । यस्तो किसिमको प्रशोधन केन्द्र स्थापन गर्नसमेत ठूलो धनराशि र समय लाग्छ ।
७. बिक्री-वितरण
पेट्रोलियम उत्पादनको अन्तिम खुड्किला भनेको बिक्री-वितरण हो । बिक्री-वितरण ट्याङकरका माध्यमबाट वा पाइप लाइनका माध्यमबाट गरिन्छ ।
पेट्रोलियम उत्पादनको अन्तिम खुड्किला भनेको बिक्री-वितरण हो । बिक्री-वितरण ट्याङकरका माध्यमबाट वा पाइप लाइनका माध्यमबाट गरिन्छ ।
नेपालकै पेट्रोलियम प्रयोग गर्न माथि उल्लिखित जीवन चक्र पार गर्नुपर्ने हुन्छ । यसका लागि कति समय लाग्ला ?
सामान्य हिसाबमा पनि यदि आजैबाट काम सुरु गर्ने हो, पर्याप्त बजेट व्यवस्था गर्ने हो, विदेशबाट भए पनि दक्ष जनशक्तिको व्यवस्था गर्ने हो, खरिद र टेन्डरका प्रक्रिया छिटोछरितो बनाउने हो, राजनीतिक अस्थिरता र हड्तालबाट प्रभावित नहुने अवस्था सिर्जना गर्ने हो भने पनि नेपाली बजारमा नेपालकै पेट्रोल उपलब्ध गराउनका लागि पेट्रोलियम चक्रका प्रत्येक खुड्किलालाई १ वर्ष समय दिँदासमेत कम्तीमा ७ वर्ष लाग्ने देखिन्छ ।
हाम्रोजस्तो देशमा अन्वेषण र ड्रिलिङ कार्य १ वर्षमा सम्भव छैन । मोरङ जिल्लामा २०४२ सालमा सुरु गरेर ४ वर्षमा जम्मा ३ हजार ५ सय २० मि. गहिराइसम्म मात्र ड्रिल गर्नसकेको अनुभव छ ।
नेपालका अन्य ठूला परियोजना निर्माणको अनुभव हेर्ने हो भने अन्वेषणदेखि बिक्रीयोग्य पेट्रोलियम बजारमा पुर्याउन कम्तीमा १० वर्ष लाग्न सक्छ । यसको अर्थ नेपाली जनतालाई निराश पार्न खोजिएको होइन, यो वास्तविकता हो ।
यो समयावधिमा आफ्नै पेट्रोलियम प्रयोग गर्न सके पनि ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ । विश्व अनुभवलाई हेर्ने हो भने पनि यो समयावधि भनेको औसतमा छोटो समय हो ।
पाकिस्तानको बलुचिस्थानको पेट्रोल खानीको सर्वेक्षण सन् १९५२ मा सुरु भयो भने १९६७ देखिमात्र बिक्री-वितरण सुरु भयो । मलेसियाको सारावाक तेल खानीको सर्वेक्षण १९५० मा सुरु गरी १९६८ मा मात्र उत्पादन सुरु गरिएको थियो ।
नेपालको कुनै पनि निकायमा भौगर्भिक सर्वेक्षणका लागि आवश्यक पर्ने आधुनिक उपकरणहरू छैनन् । भएका उपकरणहरू खिया लागिसकेका छन् भने चट्टान, माटो, पानी आदिको रासायनिक परीक्षण गर्ने प्रयोगशाला एउटा पनि छैन । कतिसम्म भने चट्टानलाई काटेर माइक्रोस्कोपमा हेर्न मिल्ने स्लाइड बनाउने उपकरणसमेत राम्रा छैनन् ।
फेरि ती उपकरण चलाउन र तिनबाट आएका तथ्याङ्क विश्लेषण गर्नसक्ने विशेषज्ञको पनि कमी छ । एक हिसाबले भूभौतिकी सर्वे गर्ने ग्राभिमिटर, म्याग्नेटोमिटर, सेस्मोग्राफ, तिनलाई चलाउन जान्ने र त्यसबाट आएको तथ्याङ्कलाई विश्लेषण गर्न जान्ने जनशक्ति नेपालमा छँदै छैन भन्दा पनि हुन्छ ।
पेट्रोलियम खानीको ड्रिलिङ अन्य ड्रिलिङजस्तो सजिलो छैन । हाम्रो अनुभव, क्षमता र प्रविधि भनेको भूमिगत पानीको लागि बढीमा ३०० मिटरसम्म ड्रिलिङ गर्ने हो । तर पेट्रोलियमको लागि ४ किमिदेखि १० किमिसम्म ड्रिलिङ गर्नुपर्ने हुन्छ । यसको लागि विशेष दक्षता भएका प्राविधिज्ञ र उपकरणको आवश्यकता पर्छ ।
त्यसैगरी नेपालमा हालसम्म पनि पेट्रोलियम तथा अन्य खनिजको रासायनिक गुण र बनावटको विश्लेषण गर्नसक्ने विश्वासयोग्य प्रयोगशाला छैन ।
यस्तो अवस्थामा पेट्रोलियम अन्वेषण तथा उत्पादन झनै जटिल, खर्चिलो र सामान्य अवस्थाभन्दा बढी समय लाग्ने देखिन्छ । त्यसैले सरकारले दक्ष जनशक्ति विकास, पर्याप्त उपकरणको व्यवस्था तथा अन्तर्राष्ट्रिय स्तरको रासायनिक प्रयोगशाला स्थापनातर्फ ध्यान दिन जरुरी छ । यसका लागि हालको त्रिविको भूगर्भ विभाग र यसको पाठ्यक्रम पर्याप्त छैन ।
तसर्थ त्रिवि वा अन्य कुनै विश्वविद्यालयमा माइनिङ स्कुल स्थापना गरी सोही अनुरूपको पाठ्यक्रम तयार गरी पठनपाठन सुरु गर्नु जरुरी देखिन्छ ।
अन्त्यमा, दुई वर्षमा नै नेपालकै पेट्रोलियम प्रयोग गर्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ एउटा सद्विचार मात्र हो । राजनीतिज्ञ आफैंमा विज्ञ हुनसक्दैनन् र राजनीतिज्ञले बोल्ने देशको नीतिमात्र हो ।
प्रधानमन्त्रीको भनाइको आशय जतिसक्दो छिटो हामीले आफ्नै देशको पेट्रोलियम प्रयोग गर्ने गरी कामकारबाही बढाउनुपर्छ भन्ने हो र यस भनाइमा कुनै खोट छैन । तर यसका लागि पेट्रोलियम अन्वेषण कार्यमा पर्याप्त बजेट विनियोजन, आधुनिक उपकरणहरूको खरिद, अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना तथा दक्ष जनशक्तिको विकासतर्फ सरकार तुरुन्त अग्रसर हुन आवश्यक छ ।
यदि सरकार दृढसंकल्पित हुने हो र आवश्यकता अनुसारको वातावरण बनाउने हो भने कम्तीमा १० वर्षभित्रमा हामी हाम्रै देशको पेट्रोलियम प्रयोग गर्न सक्छौं भन्ने कुरामा आशावादी हुन सकिन्छ ।
पौडेल भूगर्भ केन्द्रीय विभाग त्रिविका प्रमुख हुन् ।
तल को बक्समा क्लिक गर्नुहोस
Nepal Petroleum : How many years would be
Reviewed by Guru
on
10:04 PM
Rating:
No comments: