31 for more than a hundred job opened
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
![]() |
३१ सय भन्दा बढीका लागि जागिर खुल्यो
मिडिया एनपी, काठमाडौं, ५ चैत । शहरी विकास तथा भवन निर्माण विभाग र पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराले तीन हजार एक ७९ का लागि जागिर खुलाएको छ । विभागले राष्ट्रिय पुननिर्माण प्राधिकरणका लागि दुई हजार ६ सय र पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराले पाँच ७९ जनाको लागि जागिर खुलाएका हुन् ।
शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर आवेदन दिन आह्वान गरिएको छ । प्राधिकरणले आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर गरी २५ सय ७१ जना माग गरेको हो । जसमध्ये १३ सय ४६ जना इन्जिनियर, ६ सय ५० जना सब इन्जिनियर र ५ सय ७५ जना असिस्टेन्ट माग गरिएको छ ।
प्राधिकरणमा जागिर खान इच्छा भएका इन्जिरियरिङका विद्यार्थीहरुले अनलाइनमार्फत १५ दिनभित्र शहरी विकास तथा भवन निर्माणमा आवेदन दिन सक्नेछन् । प्राधिकरण गठन भएको तीन महिनाभन्दा बढी भए पनि दरबन्दी अनुसार कर्मचारी नहुँदा अझै पनि प्रभावकारीरुपमा पुनर्निमाणको काम सुरु हुन सकेको छैन ।
यस्तै, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराले निर्देशनालयमा स्वास्थ्यकर्मीका लागि सहायक पाँचौ पदमा करार जागिर खोलेको हो । निर्देशनालयले हेल्थ असिष्टेन्ट १ सय ८० जना, स्टाफ नर्स ७ जना, ल्याब टेक्निसियन २ जना, फार्म्सिष्ट १ जना, अहेब १४० जना, अनमी २४० जना, ल्याब असिष्टेन्ट ६ जना, रेडियोग्राफी १ जना र डा.रु.अ. २ जना मागेको छ ।
शैक्षिक योग्यता पुगेको इच्छुक उम्मेदवारलाई १५० रुपैयाँको भौचर काटी निर्देशनालयमा १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ ।
तल को बक्समा क्लिक गर्नुहोस
![]() |
31 for more than a hundred job opened
Reviewed by Guru
on
12:57 AM
Rating:
No comments: