Prince Harry commitment to support Nepal's reconstruction
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
चैत्र ४ । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको दुई सय वर्ष पुगेको अवसरमार बेलायती महारानीका प्रतिनिधिका रुपमा नेपाल भ्रमण गर्न लागेका बेलायती राजकुमार ह्यारीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिज्ञा गरेका छन् ।
आफ्नो पहिलो नेपाल भ्रमण शुरु हुनु केही दिन अघि केन्जिङटन प्यालेसमा म्याप एक्सन नामक च्यारिटीका संरक्षक रहेका राजकुमारी ह्यारीले च्यारिटीसंगको छलफलका क्रममा उक्त प्रतिज्ञा गरेका हुन् ।
उक्त च्यारिटीले प्राकृतिक विपत्तिपछि आपतकालिन सहयोग र उद्दारमा सघाउने गर्छ । छलफलमा ह्यामिसले ह्यारीसंग भूकम्पछि काठमाण्डूका सडकमा डुलेर त्यहांको विनाश नजिकबाट भोगेको अनुभव सुनाएका थिए ।
३१ वर्षीय ह्यारीले त्यस क्रममा भूकम्पपछिको विनाशबारे सबै जानकार भएको उल्लेख गर्दै आफ्नो भ्रमणले यस विषयलाई केन्द्रमा ल्याउने र मानिसहरुले अरु धेरै गर्न बाँकी रहेको महशुस गर्ने बताएका छन् ।
नेपाल भ्रमणमा निस्कन दुई दिन अघि राजकुमार ह्यारीले भ्रमणका सिलसिलामा सकेसम्म धेरै नेपालीसँग साक्षात्कारगर्न चाहेको पनि समाचारमा उल्लेख छ । उनको भ्रमण यही मार्च १९ देखि २३ सम्म हुनेछ ।
नेपाल हँदा ह्यारीले राष्ट्रपतिदेखि विभिन्न नेताहरुसंग भेटघाट, बर्दिया राष्ट्रिय निकुन्ज भ्रमण, रÞ्याफ्टिङ, पदयात्रा, पोखराको ब्रिटिश गोर्खा क्याम्प भ्रमण आदि गर्ने तय भएको छ ।
त्यसो त बेलायती महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुईपटक नेपालको भ्रमण भयो भने युवराज चाल्र्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका छन् ।
बेलायतबाट हालसम्म भएका ३९ वटा यस्ता उच्चस्तरीय भ्रमणले आपसी समझदारी, साझेदारी र सहकार्यलाई सघन तुल्याउन मद्दत पुगेको ठानिएको छ । एजेन्सी
तल को बक्समा क्लिक गर्नुहोस
Prince Harry commitment to support Nepal's reconstruction
Reviewed by Guru
on
9:19 AM
Rating:
No comments: