rajkumar harry lai lokal kukhura ra dido
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
बेलायती राजकुमार ह्यारी सोमबार उनको घरमा बास बस्न आउँदैछन्। ढुंगामाटोको गारो भएको घरमा टिनको छानो छ। वैशाखको भूकम्पले घर थोरै चर्काएको छ। तर, नेपाली ग्रामीण समाज र संस्कृति बुझ्ने उद्देश्य राखेर ह्यारीले बसोबासका लागि मंगली तामाङको घर रोजेका छन्।
'सरकार साब आउने रे,' तपाईंको घरमा को आउँदैछ भनेर सोध्दा मंगलीले भनिन् । ह्यारी बेलायतका हुन् भन्ने पनि उनलाई थाहा छ र राजपरिवारका सदस्य भएकाले उनले ह्यारीलाई सरकार भन्न चाहिन् । 'दुइटा लोकल कुखुरा ल्याएकी छु,' उनले भनिन्, 'कोदो पिनेकी छु, ढिँडो पकाउने हो।' उनले आफूसँग कोदो भएकाले त्यसैको ढिँडो आफ्नो सरकारलाई खुवाइने इच्छा सुनाइन् । तर ह्यारीले साँझको खानामा के लिनेछन् भन्ने टुंगो भने नलागेको यहाँ खटिएका ब्रिटिस सैनिक क्याम्प पोखराका अधिकारी बताउँछन् ।
बेलायतका लागि उनका पति गम्दु युद्ध लडेका थिए । ब्रिटिस आर्मीमा भर्ती भएका उनका पति स्वर्गे भइसके । मंगली पेन्सनको भरमा बाँचिरहेकी छिन् । १० छोराछोरीकी यी आमाका एक सन्तान अपांग छन् । 'म मरेपछि मेरो जन्तरे छोरालाई कसले हेर्छ होला,' यसो भन्दाभन्दै उनका आँखा रसमाउन थाले र गला अवरुद्ध भयो ।
बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण भ्याएर सोमबार ह्यारी लमजुङको गौंडा गाउँ आउन लागेका छन्। बेलायती सैनिक क्याम्प पोखराले उनको स्वागतको तयारीमा टिम गाउँमा परिचालन गरिसकेको छ। आइतबारदेखि नै क्याम्प खडा गरेर टोली यहाँ तैनाथ छ । नेपाल प्रहरी पनि सुरक्षाको आफ्नै बन्दोबस्ती मिलाइसकेको छ ।
ह्यारी सोमबार दिउँसो ३ बजे गौंडा गाउँको भीरकुनामा हेलिकोप्टरमार्फत ओर्लने कार्यक्रम छ । त्यसपछि उनी एक डेढ घन्टा पैदल हिँडेर ओखरी गाउँ हुँदै लेउरानी टोलमा मंगली तामाङको घरमा पुग्नेछन् । सोमबार नै ह्यारीले भूकम्पबाट क्षतिग्रस्त स्कुलको भ्रमण गर्ने छन् । सूर्यास्त हेर्ने पनि उनको कार्यक्रम छ । ह्यारीको स्वागतका लागि गाउँका आमा समूह र युवा क्लबले सांस्कृतिक कार्यक्रम देखाउनेछन् ।
-

तल को बक्समा क्लिक गर्नुहोस
rajkumar harry lai lokal kukhura ra dido
Reviewed by Guru
on
11:59 PM
Rating:
No comments: