To destroy the traditional vote bank of the Sher Bahadur Deuba ?
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
कार्यकर्ता, कूटनीतिज्ञ, शुभेच्छुक र मिडियाको ओहोरदोहोर । खादा, फूलमाला र बधाई । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठको माहौल नै अलग छ, यतिबेला । “मैले जितेको भन्दा पनि जिम्मेवारी थपिएको महसुस गरेको छु,” १३औँ महाधिवेशनको दोस्रो मतदानले उनको आंकाक्षाको औपचारिक अनुमोदन गरेपछि २५ फागुनमा नवनिर्वाचित सभापति देउवा आफ्नो निवासमा भन्दै थिए, “हुन त ठूलो पार्टीको चुनावमा ठूलै जिताइ हुन्छ ।” निरन्तरको अनिद्रा र थकान बिर्साउने विजयी मुस्कुराहटसहित उनले थपे, “सबैलाई मिलाएर लैजाने मन पनि ठूलै चाहिन्छ । म सबैलाई मिलाउँछु ।”
पार्टीको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२औँमा सुशील कोइरालासँग पराजित नेता देउवाका लागि १३औँ महाधिवेशन राजनीतिक रूपमा ‘गर या मर’को स्थिति थियो । कहिले योग–संयोग, कहिले मान–अपमान र कहिले आरोप–प्रत्यारोपको राजनीति गर्दा उनले पछिल्लो परीक्षामा आफूलाई खरो उतारे, जुन बिनातयारी, बिनारणनीति र बिनाचलाखी सम्भव थिएन । “महाधिवेशन भनेको पार्टीभित्रको प्रजातान्त्रिक लडाइँ हो, स्वाभाविक रूपमा यसमा सफल हुनुको मजा अलग हुन्छ,” वरिष्ठ नेता देउवाका निकटतम् नेता बालकृष्ण खाँडका शब्दमा, “विचार, एजेन्डा र तयारी राम्रो हुँदा मात्र सफलता हात लाग्दो रहेछ ।”
खसेको कुल ३ हजार १ सय ४८ मतमध्ये एक सय मत बदर नभइदिएको भए देउवा २३ फागुनको पहिलो निर्वाचनमै सभापति चयन हुने थिए । बदरमध्ये ६३ मत देउवाको पक्षमा थियो तर मात्र ११ मत नपुग्नाले चुनाव दोस्रो चरणमा धकेलियो । दोस्रो चरणमा देउवा र पौडेल मात्र मैदानमा उत्रे, कृष्ण सिटौला बाहिरिए । कुल ३ हजार १ सय ६१ मतमध्ये ३ हजार १ सय ४० मत व्यालेटमा कैद भएको दोस्रो चरणमा देउवाले १ हजार ८ सय २२ मत र पौडेलले १ हजार २ सय ९६ मत पाए ।

रणनीतिको जित
माघको दोस्रो सातादेखि जिल्ला तहमा महाधिवेशनको ज्वरो ह्वात्तै बढेको थियो । तल्लो तहबाट प्रतिनिधि छनोटका विवरणहरू केन्द्रमा आइरहेका थिए । कहाँ कुन पक्षको प्रतिनिधि छानियो भन्ने चासोमा बूढानीलकण्ठ केन्द्रित नहुने कुरै भएन । नेता देउवाले विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशशरण महत र बालकृष्ण खाँडजस्ता आफ्ना खेमाका खम्बाहरूलाई यसबारे पूर्ववत् जिम्मेवारी अनुरूप लेखाजोखा गर्न लगाइसकेका थिए ।
२५ माघको साँझ मात्र देउवाले आफ्ना सहयोगीसँग जिल्लाको ‘ब्रिफिङ’ लिए । झन्डै २ हजार २ सय प्रतिनिधिमा ४९ प्रतिशतभन्दा बढी आफू पक्षधर चुनिएको प्रारम्भिक रिपोर्ट उनीसमक्ष प्रस्तुत भयो । देउवाले मुन्टो मात्र हल्लाए, खासमा विश्वस्त भएनन् । त्यो दिनको अनौपचारिक भेटघाटपछि अरू नेताहरू घर फर्के । त्यही राती १२.५० मा पार्टी सभापति सुशील कोइरालाको निधन भयो ।
तत्कालीन संस्थापन पक्षबाट रामचन्द्र पौडेलको उम्मेदवार बन्ने दौडाहाका बाबजुद पनि महाधिवेशनमा सुशील नै सभापतिका प्रत्याशी बन्ने आकलन देउवा पक्षको थियो । तर, उनको देहान्तपछि पार्टी केही दिनका लागि शोकमा डुबेन मात्र, महाधिवेशनको प्रक्रिया पनि अवरुद्ध भयो । बाहिर चर्चापरिचर्चा जे जस्ता भए पनि कोइराला भन्दा कोइराला परिवारले अघि सारेको अर्को उम्मेदवारसँग चुनाव लड्न सहज हुने विश्लेषण बूढानीलकण्ठको थियो ।
सुशीलको निधनपछि सबैको ध्यान शशांक, सुजाता र शेखर कोइरालामा केन्द्रित भयो । परिवारभित्रैबाट सभापति जित्ने ‘प्रोफाइल’ तयार भइनसकेको अवस्थामा कोइराला परिवारले पौडेललाई नै अघि सार्छ कि अरू कसैलाई भन्ने अन्योल पछिसम्म पनि कायम रह्यो । जबकि, देउवा क्याम्पको आफ्नो ‘मिसन’ र ‘गोल’ स्पष्ट थियो । यो समूहभित्र सभापति पदका लागि कुनै विवाद थिएन मात्र, देउवाका लागि सबै मौन रहने र कुनै प्रकारको हानथाप प्रकट नगर्ने वातावरण बनाइएको थियो ।
४ फागुनको साँझ बूढानीलकण्ठमा निकटहरूले ‘जो आए पनि सभापति पदमा सजिलै जितिने’ आकलन देउवालाई सुनाए । तर, त्यो अनौपचारिक बैठकमा देउवा झनक्क रिसाए पनि । ‘नचाहिँदो कुरा गरेर हुन्छ ? त्यसै सभापति बनिन्छ ? तिमीहरूले चुनावको कुरा बुझेकै छैनौ,’ त्यो दिनको छलफलमा देउवाको यस्तो भनाइ उद्धृत गर्दै उनका एक सहयोगी नेता भन्छन्, “भएको के रहेछ भने देउवाले अर्को कुनै स्रोतबाट आफ्नो पक्षका ४५ प्रतिशतभन्दा बढी प्रतिनिधि छनोट हुन नसकेको सूचना पाएका रहेछन् ।”
अर्कोतिर पौडेल आफूलाई कोइराला खेमाको एक मात्र उम्मेदवार बनाउने कसरतमा थिए । उनको अभीप्साप्रति निवर्तमान महामन्त्री कृष्णप्रसाद सिटौला पटक्कै सहमत थिएनन् । गिरिजा–पुत्री सुजाता, गणेशमान सिंह–पुत्र प्रकाशमान सिंह र अर्का नेता रामशरण महतले खोचे थापिरहेका थिए । तत्कालीन संस्थापन समूह टकरावमा अल्झिरहेका बेला देउवाले आफ्नो रणनीतिबमोजिम यसअघि संस्थापनमा रहेका केही महत्त्वपूर्ण र प्रभावशाली नेताहरूसँग कुराकानी सघन बनाए ।
फागुन दोस्रो साताको सुरुमै देउवाले कोइराला क्याम्पसँग असन्तुष्ट नेता अर्जुननरसिंह केसीसँग ‘फाइनल डिल’ गरे । देउवाले पहिला केसीलाई मनोनीत महामन्त्री दिने प्रस्ताव अघि सारेका थिए तर उनी मानेनन् । महाधिवेशनमा महामन्त्रीको प्रत्यक्ष उम्मेदवार बनाउने तर त्यसका लागि संस्थापन पक्षका भनिने र उनको खल्तीका कम्तीमा १ सय ५० प्रतिनिधिको भोट सभापतिमा देउवालाई पार्नुपर्ने सर्त केसीसमक्ष राखियो । केसीले त्यो छलफलमा प्रतिनिधिहरूको नामसहितको सूची नै देखाएर मत ‘सिफ्ट’ गर्न सकिने दाबी देउवासामु प्रस्तुत गरेका थिए ।
केसीलाई प्रत्यक्ष महामन्त्रीमा उम्मेदवार बनाउने कुराले देउवा क्याम्पभित्र असन्तुष्टि पैदा नगरेको होइन । केसीकै जिल्ला नुवाकोटका खानदानी प्रतिद्वन्द्वी प्रकाशरण महतले त देउवासँग मुखै खोलेर यसको विरोध गरेका थिए । प्रत्यक्ष महामन्त्रीमा लड्ने सुरसार बनाएका पूर्णबहादुर खड्का पनि खास खुसी थिएनन् । तर, विमलेन्द्र निधिले ‘देउवा दाइ सभापति भए हामीहरू सबै योग्य स्थानमा एडजस्ट हुने’ भन्दै आश्वस्त पारे । स्मरणीय के छ भने संस्थापनबाट देउवा क्याम्प प्रवेश गरेका केसीलाई कतिपय देउवा पक्षीय प्रतिनिधिले पनि भोट हालेको देखिएन । यसको आयाम समूहभित्रको असन्तुष्टि र अरू गठजोडसँग पनि ठोक्किन्छ ।
चुनावअघिको रणनीति मतको गणितमा मात्र सीमित हुँदैन । अर्को पक्षलाई मनोवैज्ञानिक रूपमा गलाउन सके मात्र स्पर्धामा आफ्नो पक्षमा माहोल बन्दै जान्छ भन्ने देउवा र उनका रणनीतिकारलाई राम्ररी थाहा थियो । ‘उताबाट केसी तानेर मात्र पुग्दैन, सके कोइराला परिवारको कुनै सदस्य र नसके अरू प्रभावशाली तर असन्तुष्टहरूसँग कुरो मिलाउनु पर्छ’ भन्ने निक्र्योल देउवाको थियो । त्यसैले सँघारमा आउँदै गरेको महाधिवेशनको समयसीमालाई मध्यनजर गर्दै उनले अरू प्रभावशाली व्यक्ति र उपगुटहरूसँगको भेटघाटलाई तीव्रता दिए ।
केसीसँगसँगै देउवा क्याम्प कोइराला परिवारभित्रबाट बीपी कोइराला–पुत्र शशांक कोइरालालाई पनि आफ्नो खेमामा रेड कार्पेट ओछ्याउन चाहन्थ्यो । त्यसका लागि देउवा आफैँले शशांकलाई भेटेर आफ्नो महामन्त्री बन्न र पार्टीलाई एक भएको सन्देश दिन आग्रह गरे । शशांकले परिवारमा बसेर सल्लाह गरेपछि मात्र निर्णय दिने बताए । शशांकप्रति देउवाको भरोसा निर्माण हुन सकेन । उनले शेखर कोइरालालाई पनि भेटेर कुरा राखे । शेखरले आफूले रामचन्द्र पौडेललाई सघाउने बचन दिइसकेको बताएपछि देउवा कोइराला परिवारबाहिरका उपगुटहरू पट्याउने रणनीतिमा लागे ।
त्यसो त देउवाले अन्तिम चरणका भेटघाटअघि खुमबहादुर खड्का, फरमुल्लाह मन्सुर, कुलबहादुर गुरुङ, सूर्यमान गुरुङ, तारानाथ रानाभाट, अर्जुन जोशीदेखि लक्ष्मण घिमिरे र लोकेश ढकाललगायतका नेताहरूसँग पनि गफगाफ गरेकै थिए । तर, सर्त र सहमतिको गाँठो कसिइसकेको अवस्था थिएन । रमाइलो के छ भने अघिल्ला भेटवार्तामा देउवाले आफ्ना निकटका केही नेतालाई सँगै राखेका थिए तर पछिल्ला ‘डिल’हरू उनी एक्लैले गरेका हुन् । त्यसैले देउवाले कोसँग के–के बाचा गरेर आश्वस्त पारेका हुन् भन्ने उनको खेमाभित्रै एक प्रकारको कौतूहल सिर्जना भएको छ ।
कांग्रेस संगठनमा प्रभाव राख्ने तर भ्रष्टाचारको मुद्दामा जेल बसेर बाहिरिएका खड्का र राष्ट्रपतिको चुनावी मैदानमा समेत उत्रेका अघिल्लो पुस्ताका नेता कुलबहादुर गुरुङलाई आफ्नो पक्षमा पार्दा कम्तीमा पनि डेढ सयदेखि दुई सय मत प्रभावित पार्न सकिन्छ भन्ने बुझाइ देउवा पक्षको थियो । त्यसैले उनले शेखर कोइरालामार्फत पौडेलका लागि लबिङको घेरामा परेका खड्कालाई त्यहाँबाट आफ्नो वृत्तमा ल्याए । त्यति मात्र होइन, खड्काकै सहयोगमा पौडेलसँग व्यक्तिगत सम्बन्ध बिग्रिएका गोविन्दराज जोशी, चिरञ्जीवी वाग्लेलाई पनि उनले ‘एक्स्पोज’ गराएर आफ्नो पक्षमा माहौल तयार पारे ।
पौडेल प्यानलले ‘कोषाध्यक्ष र सहमहामन्त्री तपाईंका मान्छेलाई दिने’ प्रस्ताव गरेका खड् कालाई देउवाले उपसभापति बनाउने लिखित नै दिएको हल्ला नभएको होइन तर त्यसको साक्षी फेला पार्न भने मुस्किल छ । त्यसै गरी कुलबहादुर गुरुङलाई पनि उपसभापति या अर्को कुनै योग्य पदका लागि देउवाले बाचा गरेको हुनुपर्छ भन्ने उनी पक्षकै प्रभावशाली नेताहरूको अनुमान छ । यद्यपि, यसबारे उनीहरू यही हो भनेर ठोकुवा गर्न सक्दैनन् । “महाधिवेशनमा उहाँहरूले सघाउनुभएको हो, अरू कुरा त समयक्रमले देखाउला,” देउवाका अनन्य सहयोगी प्रकाशरण महत भन्छन्, “नवनिर्वाचित सभापतिले सबैलाई समेट्ने कुरा गर्नुभएको छ ।”
यसपटक देउवाको चुनावी इन्जिनियरिङ क्रियाशील सदस्यता वितरणदेखि नै चुस्त देखियो । पार्टीका धेरै भ्रातृ संगठनमा उनको पकड बलियो थियो नै, त्यहाँबाट आफ्ना पक्षका कार्यकर्तालाई क्रियाशील सदस्यता दिलाउन उनी पक्षीय नेताहरू अहोरात्र खटे । जिल्ला र क्षत्रीय नेताहरूलाई यो जिम्मेवारी दिइएको थियो । फलत: त्यसको परिणाम महाधिवेशन प्रतिनिधिमा देखियो । तराईका जिल्लाहरूमा देउवा पक्षको प्रभाव खस्कन्छ भन्ने अनुमान सही निस्केन । पूर्वी र मध्यपहाडका केही जिल्लामा पनि १२औँ महाधिवेशनको भन्दा देउवा पक्ष बलियो देखिय

तल को बक्समा क्लिक गर्नुहोस
To destroy the traditional vote bank of the Sher Bahadur Deuba ?
Reviewed by Guru
on
11:49 AM
Rating:
No comments: