64 hundred employees to rotate the billionaire

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


फाल्गुन २२, २०७२- हामीमध्ये सायद कोही होलान्, जसले मनग्य धनआर्जन गर्न चाहँदैनन्। धन कमाउनकै लागि हामी कडा परिश्रम गर्छौं, रोजगारी र नोकरी गर्छौं। मुलुकमा रोजगारीको अवसर नभएपछि बिदेसिनेहरूको लर्कोमा सहभागी पनि हुन्छौं।
किनभने हामी सुविधा सम्पन्न जीवन बाँच्न चाहन्छौं। जति कमाए नि, मनग्य धनार्जन गरे नि, केही न केही कमी जोकोहीलाई पनि महसुस हुनेनै गरेको पाइन्छ।
तर, यीभन्दा अलिक पृथक् भएर बाच्नेहरू पनि छन्, संसारमा। आफ्नो खुसीका लागि बाँच्नेहरू संसारमा धेरै भेटिए पनि आफ्नै धन खर्चेर अरूसँग खुसी साट्नेहरू विरलै भेटिन्छन्। हो, त्यस्तै खुसी साट्ने मध्येका एक हुन ५८ वर्षीय एक चिनियाँ उद्यमी लि जिन्युआन। उनी चिनियाँ अर्बपति पनि हुन्।
विश्वका धनाढ्य मध्येका एक रहेका लिको सम्पतिको स्रोत आफैंले खोलेको फार्मास्युटिकल्स हो। चीनको तिआन्जिनका बासिन्दा उनी सन् २०११ मा फोब्र्स अखबारको अर्बपति सूचीमा ९९३ औं स्थानमा थिए।
सन् २०१२ मा उनी त्यो सूचीमा पर्न सकेनन्। नान्काई विश्वविद्यालयबाट मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) सम्मको शिक्षा हासिल गरेका छन्।
सन् १९९५ मा लिले चिनियाँ बन्दरगाह सहर तिआन्जिनमा हेल्थकेयर प्रडक्टस (स्वास्थ्यसम्बन्धी सामग्री) हरू बजारमा सिधै लगेर बेच्ने कम्पनी खोले। जसको नाम राखे ‘टिन्स ग्रुप’। उनी ग्रुपका संस्थापक र अध्यक्ष हुन्।
हाल उनको कम्पनीअन्तर्गत बायो–टेक, शिक्षा, खुद्रा व्यापार र पर्यटन व्यवसाय क्षेत्रमा १ सय ९० मुलुकहरूमा गरी १२ हजारभन्दा बढी कर्मचारी रहेका छन्। अल चाइना फेडरेसन अफ इन्डस्ट्री एन्ड कमर्सका अनुसार सन् २००९ मा ‘टिन्स ग्रुप’ को कुल नाफा ४३८ मिलियन अमेरिकी डलर थियो।
चीनको हेबेई प्रान्तस्थित कान्झाउका बासिन्दा उनी चीनमा कहलिएका मानवसेवी मध्येका एक पनि हुन्। उनले सय मिलियन अमेरिकी डलरमा टिन्स मेइजिङ इन्टरनेसनल च्यारिटेबल फाउन्डेसन खोलेका छन्।
त्यसैगरी त्यति नै रकम खर्चेर ‘टिआन्सी कलेज’ बनाएका छन्। त्यहाँ ३ हजार ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने अवसर पाएका छन्। सामाजिक क्षेत्रमा उनको लगानी त छँदै छ, कम्पनीमा काम गर्ने आफ्ना सबै कर्मचारीलाई खुसी तुल्याउने सोचका धनी पनि छन् लि।
उनको यही सोचका कारण अघिल्लो वर्ष ‘टिन्स ग्रुप’ मा छ हजारभन्दा बढी कर्मचारीले विदेशको एउटा रोमाञ्चक भ्रमण गर्ने अवसरै पाए। धनले कसलाई पुगेको छ र? तर, लि भने अलिक फरक शैली देखाएका छन्। आफ्ना कर्मचारीलाई तलब लगायतका सुविधा दिनु त छँदै छ, उनीहरूको खुसीका लागि लिले अर्बौं खर्चे।
फ्रान्सको चर्चित स्थलहरू घुमाएर कर्मचारीलाई दंग र फुरुङ्ग बनाए। यो आफैंमा कुनै एक कम्पनीका मालिकका लागि अनौठो प्रयोग हो। लिले त्यस्तै अनौठो गरेर देखाए, दुनियाँलाई चकित पारे। आफ्ना ६४ सय कर्मचारीलाई आफ्नै रकममा फ्रान्स लगे।
यस्ता मालिकलाई कुनै पनि कर्मचारीले सायदै छाड्न चाहलान्। उनी कर्मचारीबाट काम पनि लिन्छन् र उनीहरूको सपना पूरा गर्न त्यत्तिकै उत्सुक पनि रहने गर्छन्। त्यसो त विदेश भ्रमण गर्न हामीमध्ये कसले चाहँदैन होला। धेरैले त यसका लागि सपना नै देखेका हुन्छन्। तर, उनी यस्ता मालिक हुन्, जसले आफ्नो कम्पनीका कुल संख्यामध्ये आधाजति कर्मचारीलाई फ्रान्सको सयर गराए।
६ हजार ४ सय आफ्ना कर्मचारीलाई चार दिनका लागि त्यता लगे। अघिल्लो वर्षको मेमा उनले यो कदम चालेका थिए। आफ्ना जम्बो कर्मचारीलाई फ्रान्सका दुई सहर पेरिस र कोट डी आजुर घुमाएर मन्त्रमुग्ध बनाए।
कर्मचारीलाई फ्रान्स घुम्ने बेला कुनै असजिलो नहोस् भनेर उनले १ सय ४० वटा होटलका ४ हजार ७ सय ६० कोठा बुक गराएका थिए। त्यो पनि चार र पाँचतारे होटलहरू। अझ त्यो चानचुने स्थलमा होइन विश्व प्रसिद्ध कान्स र मोनेकोमा।
गत वर्षको मेमा टिन्स ग्रुपको २० औं वार्षिकी अवसरमा कर्मचारीहरूलाई फ्रान्स र मोनाकोको भ्रमणलाई सहज बनाउन ८४ हवाइजहाजसमेत रिजर्भ गराएको समाचार त्यसताका न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो। होटल बुक गरिएको स्थल फ्रान्सको दक्षिण तटीय क्षेत्रसम्म कर्मचारीलाई पुर्‍याउन उच्च–गतिका टीजीभी रेलका ७ हजार ६ सय टिकट पनि रिजर्भेसन गरिएको थियो।
त्यस्तै होटलबाट तटीय क्षेत्रसम्म पुग्नका लागि १ सय ४७ वटा त बसहरू नै बुक गरेका थिए, लिले। ‘दि इन्डेपेन्डेन्ट’ पत्रिकाले उक्त भ्रमणमा टिन्सले ३७ दशमलव ६ मिलियन अमेरिकी डलर खर्चेको जनाएको थियो। यति मात्रै होइन, उनले विश्वकै सबैभन्दा लामो मानव साङ्लो बनाउने रेकर्डसमेत कायम गरे आफ्नो जीवनमा।
लिले भ्रमणमा आफ्ना कर्मचारीहरूसँगै यात्रा गरेका थिए। ‘टिन्स’ को अर्थ चिनियाँ भाषामा ‘सपना’ हो। लीले यस्तो गर्नुका कारण कर्मचारीको सपना पूरा गर्नु बताएका थिए।
टिन्स ग्रुपले स्वाथ्यवर्द्धक खाद्य, स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू, छाला हेलचार गर्ने सामान र घरेलु सरसमानाहरू मुख्य रूपमा उत्पादन गर्ने गर्छ। आज पनि चीनमा उनको ग्रुपको उत्पादनहरू लोकप्रिय छन्।


Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
64 hundred employees to rotate the billionaire 64 hundred employees to rotate the billionaire Reviewed by Guru on 6:54 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.