This is the ugly tiger in the world
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
अमेरिकाको लस भेगासमा एउटा यस्तो सेतो बाघ छ, जसलाई दुनियाकै सबैभन्दा कुरुप बाघको उपाधि दिइएको छ । कुरुप भैकन पनि आकर्षणको केन्द्र बनेको यो सेतो बाघ कुरुप हुनुको कारण यसको मुखाकृति हो । जुन बाघको जस्तो नभै कुकुरको जस्तो छ ।
दुनियामै दुर्लभ हुँदै गएको सेतो प्रजातिको यो बाघको नाम केनी हो । लस भेगासको नन मेम्बर जू मा रहेको यो बाघ जन्मिँदै अनौठो प्रकारका दाँत तथा अनुहारका साथ जन्मिएको थियो । विभिन्न शारीरिक समस्याका साथ जन्मिएको यो बाघलाई बचाउनका लागि पशु चिकित्सकहरुले निकै मेहेनत गर्नुपरेको थियो ।
बाघविज्ञहरुका अनुसार सेतो प्रजातिको बाघको प्रजननदर निकै कम छ र जन्मिएका बच्चा बाँचेर हुर्किने दर पनि कम हुन्छ । अझ यस्तो खालका फरक मुखाकृति वा जिउडाल भएका उत्परिवर्तित बच्चा जन्मिने सम्भावना चाहीँ एक लाखमा एक मात्र हुन्छ । स्मरण रहोस् अमेरिकामा सेतो बाघको कृत्रिम प्रजननमा रोक लगाइएको छ । हेरौँ यो कुरुप बाघका केही फोटाहरु
तल को बक्समा क्लिक गर्नुहोस
This is the ugly tiger in the world
Reviewed by Guru
on
9:37 AM
Rating:
No comments: