Gender was not excited when sexual contact

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस





काठमाडौं, १८ वैशाख । दुई महिनाअघि यौन सम्बन्ध राख्न नमान्दा ६ तलाबाट खसालेर भेनिसा लिम्बूको राजधानीमा हत्या भयो । मदिरामा मातिएका एक युवकले यौन प्यास मेट्न नपाउँदा घाइते भेनिसाको गाडीमै घुमाएर कायरतापूर्वक हत्या गरेको घटनाले धेरैले आश्चर्य माने ।

यौनको आवेगमा मान्छेले कतिसम्म गर्न सक्छ ? यही साता सल्यानको अर्काे एउटा घटनाले धेरैलाई स्तब्ध बनाएको छ । सल्यानको छायाक्षेत्र गाविसका २० वर्षीय एक युवकले यौन आवेगमा चारजनाको हत्या गरे भने एक महिलाको हत्या प्रयास गरे । स्थानीय २० वर्षीय सञ्जय भारतीले यौन उत्तेजनामा २३ वर्षीया आफ्नै छिमेककी सीता खाँण, उनका साढे दुई वर्षीया छोरी पवित्रा खाँण, ११ महिनाकी सविता खाँण र सीताकी बहिनी १७ वर्षीया गीता गिरीको हत्या गरेका हुन् । चारजनाको हत्या गर्दा पनि उनको आवेग शान्त भएन, त्यसैले नजिकै बस्ने ६० वर्षीया जुठ्ठी अधिकारीसँग समेत जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे ।

तर, त्यो प्रयास पनि असफल भएपछि उनलाई टाउकोमा लौराले हानेर हिँडेका थिए । यो घटनाले सल्यानमा मात्र होइन, देशमै सनसनी मच्चाएको छ । अनुसन्धान गर्ने प्रहरी अधिकारी पनि चकित छन् ।
अनुसन्धान सुरु गरेको केही घन्टामै नै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भयो । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार पक्राउ परेका भारती ‘यौन पिपासु’ हुन्, यौन चाहनालाई नियन्त्रण गर्न नसक्दा नै उनले अरूको क्रूर तरिकाले ज्यान लिए ।

हत्याको दोस्रो कारण मदिरा थियो । धेरै मदिरा पिएपछि उनलाई यौन चाहना भयो, नजिकै महिला बस्ने घरमा गएर उनले आफ्नो चाहना मेट्न चाहेका थिए । तर, सफल नभएपछि उनले किलाले हानेर चारजनाको हत्या गरे । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी श्याम खत्री भन्छन्, ‘घटनाको प्रमुख कारण नै यौन चाहना देखिन्छ ।’
०००
गत मंगलबार बेलुका ती युवाले गाउँका महिलासँग यौन सम्बन्ध राख्ने पहिले नै योजना बनाएका थिए । राति घरबाट निस्कँदा बाबु र सानिमाले थाहा पाउने भएकाले उनी सिरक डस्ना बोकेर बाहिर सुत्ने भन्दै निस्किए । बेलुका करिब नौ बजे उनी घरबाट निस्किएका थिए ।

सुरुमा नै उनी सीता खाँणको घरमा पुगे । सीताले ढोका खोलिन् । गफ गर्ने क्रममा उनीहरूबीच झगडा भयो । सीताले जाँड खाएको भन्दै उनलाई गाली गरिन् । उनले अश्लील कुरा गर्न थालेपछि पोइला गएको मान्छेको छोरो पनि त्यस्तै भएको भन्दै गाली गरिन् । आमा पोइला गएको कुरा गरेपछि उनी रिसाएर निस्किए । केही मिनेटपछि नै किलो उखेलेर गई पालैपालो टाउकोमा हानेर हत्या गरे । सुतिरहेका बच्चालाई पनि उनले छाडेनन् । घरमा रहेका चारैजनाको क्रूर हत्या गरे । सीताका श्रीमान् वैदेशिक रोजगारीका क्रममा भारतमा बस्दै आएका छन् ।

१७ वर्षीया गीतालाई त उनले बलात्कार गर्ने प्रयास गरे । किलोले हानेर लडाएपछि उनले कपडा खोलेर बलात्कार गर्ने प्रयास गरेका थिए । तर, उत्तेजना कम भएकाले सम्बन्ध राख्न नसकेको बयान उनले प्रहरीलाई दिएका छन् ।

चारजनाको हत्या गरेपछि उनले दुई सय मिटरमाथि रहेको एक घरको आँगनमा रहेका अरू किला पनि उखेल्ने प्रयास गरे । तर उखेल्न सकेनन् । ती किलामा रगत नै रगत लागेको थियो । नजिकै एक छाप्रोजस्तो घरमा ६० वर्षीया जुठ्ठीकुमारी बस्थिन् । मानसिक अवस्था ठीक नभएकी उनी एक्लै बस्थिन् । उनै अधिकारीसँग उनले यौनप्यास मेट्न खोजे । तर, अधिकारीले प्रतिकार गरिन् । अधिकारीलाई पनि टाउकोमा लौराले हानेर उनी बारीमा गई सुतेका थिए । राति नै उनले रगत लागेका सबै कपडा शौचालयमा लगेर लुकाए । कसैले लुगा देखे पक्राउ पर्ने डरले उनले बिहानै कपडा धोएर सुकाएका थिए ।

बिहानै प्रहरी घटनास्थलमा पुगिसकेको थियो । उनी पनि अरू गाउँलेजस्तै सामान्य ढंगले घटनास्थलमा गए । प्रहरीले उनलाई सोधपुछ गर्दा साधारण तरिकाले आफूलाई घटनाबारे बिहान मात्र थाहा भएको बताए । करिब १० घन्टाको निरन्तर सोधपुछपछि मात्र उनी गले र अपराध स्वीकार गरे ।

प्रहरीका अनुसार उनी सामान्य मानिसभन्दा अलि बढी यौन चाहना भएका व्यक्ति हुन् । पहिला पनि गाउँका धेरै महिलासँग जबर्जस्ती यौन सम्बन्ध राख्ने प्रयास गरेको चर्चा गाउँमा चलेको थियो । सात कक्षा पढेर छाडेका भारती बुबा र सौतेनी आमासँग बस्दै आएका थिए । रिसाहा स्वभावका उनी मदिराको लतमा फसिसकेका थिए । महिलाहरू देख्नेबित्तिकै उत्तेजित हुने उनको स्वभाव थियो । धेरै महिलालाई दुव्र्यवहार पनि गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा रहेका भारतीमाथि कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । यो अपराधमा उनलाई २० वर्षसम्म कैद सजाय हुन सक्छ ।


सबै सपनाजस्तो लागिरहेछ
त्यो दिन दाउरा चिर्न गएको थिएँ । दिनभरि चिरेँ । तीन बजेतिर घरमा आएर गोठालो गएँ । फर्किएर खाना खाएपछि सिरक–डस्ना लिएर म बारीमा सुत्न गएँ । म मदिरामा लठ्ठ थिएँ ।

एकछिन पछि हाम्रो घरभन्दा अलि तल सीता भाउजूको घरमा गएँ । घरमा गएलगत्तै उनीहरूले मलाई गाली गर्न थाले । तेरी आमा पोइला गएकी, तेरो भाग्य नै यस्तो भन्दै गाली गरेपछि एकदमै रिस उठ्यो । माथि घरनेर आएर किलो उखलेर लिएर गएँ । ढोका लगाइसकेका रहेछन् । ढोका फुटाएँ । सुरुमा सीता भाउजूलाई नै किलोले टाउकोमा हानिदिएँ । त्यसपछि उनकी बहिनीलाई किलाले हानेर लडाइदिएँ । उनको कपडा खोलेर यौन सम्पर्क गर्न खोजेँ, तर लिंग उत्तेजित भएन । एकछिन कुर्दा पनि इमोसन नआएपछि उसलाई पनि त्यही किलोले हानेर मारिदिएँ ।

उनीहरूको ठूलो बच्चाले मलाई चिन्थ्यो । त्यसैले उसलाई पनि मार्नुपर्छ भन्ने लाग्यो । उसलाई भनेर हानेको सानो बच्चाचाहिँ परेछ । त्यसपछि ठूलो चाहिँ बच्चाले मेरो नाम लिएर बोलायो । उसलाई पनि किलोले हानेर निस्किएँ । त्यसपछि के के भयो के भयो मलाई थाहा छैन । सबै कुरा सपनाजस्तो लागिरहेछ ।(प्रहरीको सोधपुछमा आधारित)

कसरी प्रहरीले अपराधी पक्राउ गर्छ ?
सल्यानको उक्त हत्याकाण्डको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरले पनि प्रहरीलाई महत्त्वपूर्ण सहयोग गरेको थियो । भुन्टी नामक ट्रायकर कुकुर ठ्याक्कै घटनास्थलबाट अभियुक्तको घरमा पुगेर अडिएपछि स्थानीय सर्वसाधारणसमेत चकित बने । आखिर कसरी समाउँछ कुकुरले अपराधी ?

नेपाल प्रहरीको केन्द्रीय कुकुर विद्यालयका डिएसपी प्रमोद भट्टका अनुसार गन्धका आधारमा कुकुरले अपराधी पक्राउ गर्न सहयोग गर्छ । मानव छालाबाट हरेक मिनेटमा ४० हजार पुराना कोष झर्छन् र नयाँ बन्छन् । त्यस्ता कोष एकदमै सानो हुने भएकाले मानव आँखाले देख्न सकिँदैन । कोषमा विभिन्न तीन किसिमका रससमेत मिसिएको हुन्छ । तिनै रसको गन्धका आधारमा कुकुरले अपराधी पत्ता लगाउँछ । ‘त्यस्ता कोष कार्बनको चेन मिलेर बनेको हुन्छ, जुन कार्बन एउटा व्यक्तिको अर्कोसँग मिल्दैन,’ डिएसपी भट्ट भन्छन्, ‘त्यही गन्ध सुँघेर कुकुरले अपराधी भागेको बाटो पहिल्याउँछ ।’ सल्यानमा पनि अभियुक्त सञ्जय भारतीका मृतकोष सुँघेर प्रहरीले उनको घर भत्ता लगाएको थियो ।

मान्छेको भन्दा कुकुरको सुँघ्ने क्षमता धेरै हुन्छ । मान्छेको नाकमा सुँघ्ने कोषहरू ५० मिलियन हुन्छन् भने कुकुरको नाकमा पाँच सय ५० मिलियन हुन्छन् । ‘ब्लड हाउड’ नामक कुकुरको त तीन सय मिलियन कोष हुने भएकाले सुँघ्ने क्षमता अझै धेरै हुन्छ । नेपालमा भने जर्मन सेफर्ड कुकुर अपराध अनुसन्धानमा प्रयोग हुने गर्छ ।

नेपाल प्रहरीसँग ६८ वटा तालिम प्राप्त कुकुर छन् । तीमध्ये १० वटा ट्रयाकर छन् । ट्रयाकरले अपराधी भागेको बाटो पत्ता लगाउनेदेखि अपराधमा प्रयोग भएका सामानसमेत चिनाउँछ ।

यसरी भयो अनुसन्धान
डिएसपी श्याम खत्री
प्रमुख, जिल्ला प्रहरी कार्यालय, सल्यान

बुधबार बिहान म ‘मर्निङ वाक’बाट फर्किएर फ्रेस हुँदै थिएँ । बिहानको करिब साढे सात बजेको थियो । अस्थायी प्रहरी चौकी लान्तीबजारका हवल्दार साबले एउटा घरमा चारजनाको शव भेटिएको भन्दै रिपोर्टिङ गरे । घटना विवरण सुन्दा हत्या गरिएजस्तो बुझिन्थ्यो । नजिकैको इलाका प्रहरी कार्यालय श्रीनगरका इन्स्पेक्टर सुरेश गौतमलाई घटनास्थलतर्फ जान भन्दै म पनि घटनास्थलतर्फ लागेँ । घटनास्थललाई सुरक्षित राख्न र मान्छेहरूलाई जान नदिन
 निर्देशन दिएँ ।

करिब आधा घन्टामा म घटनास्थलमा पुगँे । सदरमुकामबाट करिब १६ किलोमिटर पिचबाटो यात्रा गरेपछि १५/२० मिनेट माथि उकालोमा घटनास्थल पर्छ । म पुग्दा तीन–चार हजार मान्छे जम्मा भइसकेका थिए । प्रहरीले घटनास्थललाई डोरीले घेरेको थियो । म चारजना मरेको घरभित्र गइनँ । नजिकै एकजना वृद्धा पनि घाइते रहेको भन्ने सूचना थियो ।

घटनास्थलभन्दा करिब दुई सय मिटर माथि उनी एउटा छाप्रोमा बस्थिन् । ती महिलाको मानसिक अवस्था ठीक रहेनछ । त्यसकारण उनले नै हत्या गरेको हो भन्ने लाग्यो । उनको टाउकोमा ठूलै चोट लागेको थियो । उनलाई सोध्दा केही कुरा राम्रोसँग बताइनन् । आफूलाई एक युवकले बलात्कार गर्न खोजेको र लौराले हानेर गएको उनको भनाइ थियो । तर, मानसिक अवस्था ठीक नभएकाले उनको कुरा विश्वास गर्न सक्ने अवस्था थिएन । फेरि आफूलाई बलात्कार गर्न खोज्ने मान्छे पनि उनले चिन्न नसकेको बताएकी थिइन् ।

घटनास्थलमा ठूलो संख्यामा जम्मा भएका मानिसमा चारजनाको कसरी हत्या भयो भन्ने उत्सुकता थियो । मैलै क्षेत्रीय प्रहरी कुकुर विद्यालयमा अनुसन्धानका लागि कुकुर मगाउन गाडीसमेत पठाइसकेको थिएँ ।
ती वृद्धाको घरअगाडि रगत लागेको एउटा लौरो भेटियो । त्यही लौरोबाट अनुसन्धान सुरु भयो ।

घटनास्थलको एक मिटरसम्म हामीले डोरीले घेरेका थियौँ । मानसिक अवस्था ठीक नभएकी ती महिला बस्ने घरनजिकै अर्काे एउटा घर थियो, तर त्यहाँ कोही पनि बस्दा रहेनछन् ।

त्यहाँ एउटा किलो उखेलिएको थियो । बरामद भएको लठ्ठी त्यही उखेलिएको किला हो कि भनेर हेरेँ, तर मिलेन । बाँकी दुईवटा किलामा पनि रगत लागेको थियो । त्यो रगतको नमुना हामीले संकलन गर्‍यौँ ।
त्यहाँभन्दा करिब २५ मिटर माथि अर्काे घर थियो । जहाँ एउटा केटा, उसका बुबा र सानिमा बस्थे ।

शंकाको दोस्रो घेरामा उनीहरू नै थिए । प्रहरीलाई खबर गर्ने व्यक्तिले चारमध्ये एउटा महिलाको शव नांगो अवस्थामा रहेको बताएपछि कसैले बलात्कार गरेर हत्या गरेको आशंका पनि गरिएको थियो ।

करिब २० वर्षको केटोमाथि हामीलाई शंका लाग्यो । उनको नाम हो सञ्जय भारती । सोधपुछ गर्दा केही थाहा नभएको, रक्सी खाएर अघिल्लो दिन मस्त सुतेको बतायो । दिउँसो दाउरा चिर्न गएर ऊ तीन बजे फर्किएको रहेछ । दुई बजेदेखि पाँच बजेसम्म गोठालो गएर फर्किएपछि रक्सी खाएर बारीमा सुतेको बताउँदै उसले आफू सुतेको ठाउँ पनि देखायो । गहुँबारी माडिएको थियो । ऊ त्यहीँ सुतेको जस्तो देखिन्थ्यो । अरू मान्छे जस्तै उसले सामान्य ढंगले जवाफ दिइरहेको थियो ।

तर, मलाई ऊमाथि अलि बढी शंका लाग्यो । अघिल्लो दिनका सबै कुरा केलाएर अनुसन्धान गर्न थालेँ । हिजो कुन लुगा लगाएका थियौ भन्दा उसले आफूले लगाएकै कपडा देखायो । तर, उसको घरमा भर्खर लुगा धोएर सुकाइएको थियो । त्यही कपडाबाट अनुसन्धान अघि बढायौँ ।

त्यसपछि मैले अघिल्लो दिन दिउँसो ऊसँगै दाउरा चिर्ने उसको साथीसँग ‘कुन कपडा लगाएको थियो’ भनेर सोधेँ । उसले अर्के कपडा लगाएको बतायो । मैले त्यो कपडा कहाँ छ भनेर सोध्दा उसले धोएर सुकाएको चिसो कपडा देखायो । त्यसपछि हत्या गर्ने व्यक्ति उही नै हो भन्ने मलाई लाग्यो । तर, त्यहाँ जम्मा भएका मान्छेले ऊ नै हत्यारा हो भन्ने थाहा पाए त्यहीँ कुटेर मार्ने अवस्था थियो ।

झन्डै चार हजारको जनमास जम्मा भइसकेको थियो । सादा पोसाकका प्रहरीलाई ऊमाथि निगरानी गर्न लगाएर म थप अनुसन्धानका लागि घटनास्थलतर्फ लागेँ । हत्या गरिएकी सीता खाँणको घरभित्र पुग्दा रगत लागेको एउटा किलो भेटियो । जुन किलो माथि उखेलिएको ठाउँको प्वालसँग म्याच गर्‍यो । हत्यामा पक्राउ परेको २० वर्षीय युवककै संलग्नता रहेको मलाई प्रस्ट भयो ।

त्यहीबीचमा हाम्रो ट्रयाकर कुकुर आइपुग्यो । कुकुरलाई घटनास्थलमा लगेपछि ऊ किला उखेलिएको ठाउँमा पुग्यो, त्यसपछि त्यही केटाको घरमा गएर रोकियो । हत्या गर्ने केटा त्यही हो भन्ने प्रस्ट भयो । त्यसपछि शव उठाएर घटनास्थलको मुचुल्का गरी हामी फर्कियौँ ।

पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइयो । तर, उसले घटना स्वीकार गर्न नै मानेन । मिडियामा व्यापक हल्लिखल्ली भइसकेको थियो, एउटै घरमा चारजनाको वीभत्स हत्या भनेर ।
सोधुपछ गर्ने क्रममा राति १ बजे मात्र उसले उनीहरूको हत्या गरेको स्विकार्‍यो । आफूलाई राति यौन चाहना भएको र उनीहरूको घरमा जाँदा विवाद भएपछि आवेगमा आएर हत्या गरेको उसले स्विकार्‍यो । घटनास्थललाई सुरक्षित राखेर समयमै प्रमाण संकलन गर्न सकेकाले पनि छिट्टै अभियुक्त पक्राउ गर्न सफल भयौँ । उनीहरूको हत्यापछि उसले मानसिक अवस्था ठीक नभएकी महिलालाई समेत बलात्कार गर्न खोजेको देखिन्छ । त्यसकारण घटनाको कारण यौन उत्तेजना नै भएको हाम्रो अनुसन्धानमा देखिन्छ
- See more at: http://www.dcnepal.com/news/news.php?nid=207811#sthash.KXkxEfSS.dpuf
Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
Gender was not excited when sexual contact Gender was not excited when sexual contact Reviewed by Guru on 4:02 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.